भेरी अस्पताल घटनाको छानविन गरि दोषिलाई कार्वाही गर्न माग

  ।   १४ जेष्ठ २०७८, शुक्रबार १२:३४

नेपाल चिकित्सक संघ जिल्ला कार्य समिति जुम्लाले राप्ती भेरी प्रादेशिक अस्पताल नेपालगंजमा बिरामीको कुरुवाद्धारा स्वास्थ्यकर्मी तथा चिकित्सक माथि गरिएको सांघातिक आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जेठ १२ गते बिरामीको कुरुवाले स्वास्थ्यकर्मी तथा चिकित्सक माथि आक्रमण गरेका थिए । ज्यानको जोखिम उठाएर कोभिड वार्डमा खटिएर उपचार गरिराखेका स्वास्थ्यकर्मी र चिकित्सक माथिको आक्रमण निन्दनीय हो,नेपाल चिकित्सक संघ जुम्लाका अध्यक्ष डा. प्रविणकुमार गिरी र सचिव डा. तुफानसिंह कठायतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘ घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई हदै सम्मको कार्वाही जोडदार माग गर्दछौँ । ’
विज्ञप्तिमा भनिएको छ,‘ संसार भरि फैलिएको कोभिड महामारी बीचमा जनताको स्वास्थ्यको रक्षाका लागी सीमित जनशक्तिका बाबजुद आफ्नो स्वास्थ्यको परवाह नगरी २४ घण्टा खटिएर सेवा दिदै गरेको अवस्थामा बिरामीको कुरुवाद्वारा गरिएको सांघातिक आक्रमण निन्दनीय छ । घटनाको सत्यतथ्य छानबिन गरि दोषी लाई हदै सम्मको करवाहिका लागी हामी जोडदार माग गर्दछौ ।’
विभिन्न समयमा स्वास्थ्यकर्मीको मनोबल घटाउने गरि हुने यस किसिमका घटनाहरू नियन्त्रणका लागी अपराधी लाई ‘जेल विथआउट बेल’ को कानून कार्यान्वयन लागु गर्न माग गरिएको छ ।

Next Post

जूम्लामा एक महिला संक्रमितको मृत्यु

१४ जेष्ठ २०७८, शुक्रबार १२:३४
गोल्डेन बुढा, जुम्लामा एक महिला संक्रमितको मृत्यु भएको छ । गुठिचौर गाउँपालिका ३ की ७० बर्षिया एक महिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जूम्लाको उपचारको क्रममा मृत्यु भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराइले आइतबार दिउँसो एक जना महिलाको मृत्यु भएको बताए । उनले गुठिचौर गाउँपालिका […]