कर्णाली अस्पताललाई युगान्डामा बस्ने नेपालीको अक्सिजन सिलिण्डर सहयोग

  ।   १९ जेष्ठ २०७८, बुधबार १६:४०

युगान्डामा बस्ने नेपालीले कर्णाली प्रदेशको जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई अक्सिजन सिलिण्डर पठाएका छन । उनीहरुले तीन लाख रुपैयाँ बरावरको १० वटा अक्सिजन सिलिण्डर पठाएका हुन । कोरोना महामारीका कारण नेपालका ठुला अस्पतालमा समेत अक्सिजन अभावले संक्रमितको मृत्यु हुने गरेपछि युगान्डामा रहेका नेपालीले पनि कर्णाली अस्पताललाई अक्सिजन सिलिण्डर पठाएका हुन ।
अफ्रिकामा रहेका हिक्मतबहादुर थापाको पहलमा गैर आवासिय नेपाली संघ युगान्डाले अक्सिजन सिलिण्डर पठाएको हो । गैर आवासीय नेपाली संघ युगान्डाका अध्यक्ष सुधिर रुपालियाले पहिलो चरणमा १० वटा सिलिण्डर पठाएको बताए । उनले भने,‘कर्णालीमा रहेका संक्रमितको अवस्थालाई मध्येनजर गर्दै अर्को चरणमा थप १० वटा सिलिण्डर पठाउने तयारी गर्दैैछौँ । ’


अध्यक्ष रुपालिया युगान्डाका लागि नेपाल सरकारको मानार्थ बाणिज्य दुत समेत हुन । युगान्डामा रहेका नेपालीले पठाएको अक्सिजन सिलिण्डर नेपाली सेना श्री नं. २४ अड्डा बाहिनीका बाहिनीपति यामबहादुर सापकोटाले कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान शिक्षण अस्पताल जुम्लाका अस्पतालका निर्देशक डा.राजिव शाहलाई हस्तान्तरण गरेका हुन ।
बाहिनपति सापकोटाले गैरआवासीय नेपाली संघ युगान्डाले कर्णालीका बिरामीका लागि पठाएको अक्सिजन सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेको बताए । उनले भने,‘विदेशमा रहेका नेपालीले आफ्नो कमाइबाट पठाएको यो सिलिण्डरले कर्णालीका बिरामीलाई राहत मिल्नेछ । अक्सिजनको अभाव झेलिरहेको बेला विदेशमा रहेका नेपालीको उपहारस्वरुप अक्सिनन आउनु निकै राम्रो बिषय हो । ’ गैर आवासीय नेपाली संघ युगाण्डा र अफ्रिकाको दांङगोटे कम्पनीमा कार्यरत कैलाली टिकापुरका हिक्मतबहादुर थापाले कर्णालीको स्वास्थ्य क्षेत्रमा गरेको योगदान अविस्मरणीय हुने उनले बताए ।


नेपालमा कोभिड प्रकोप फैलियो । अक्सिजनको चरम अभाव भयो । जुम बैठकमा कर्णालीलाई केही सहयोग गर्न सकिन्छ की भनेर प्रस्ताव राखियो, बाहिनीपति सापकोटाले भने,‘अछाम र सुर्खेतमा अक्सिजन पठाउने क्रममा जुम्ला अस्पतालका लागि पनि १० सिलिण्डर पठाउनु भएको छ । यो युगान्डामा रहेका नेपालीले कर्णालीको स्वास्थ्य क्षेत्रमा गरेको योगदान हो । कर्णालीबासीले उनीहरुलाई धन्यावाद दिनैपर्छ । ’
१५ दिन अगाडी जुम बैठकमा मार्फत कोरोना महामारीमा कर्णालीको स्वास्थ्य अवस्थाका बारेमा छलफल भएको थियो । बैठकमा बाहिनीपति सापकोटा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल सहभागि थिए । त्यो बैठकको प्रभावले नै कर्णाली अस्पतालमा अक्सिजन पुगेको हो ।
गैरआवासीय नेपाली युगान्डाले अक्सिजन सिलिण्डर पठाउँदा कर्णालीका बिरामीलाई निकै राहत मिलेको अस्पताल निर्देशक डा. राजिव शाहले बताए । उनले अब कर्णाली अस्पतालमा २१० अक्सिजन सिलिण्डर भएको बताए । जुम्ला आइपुग्दा सम्म प्रतिसिलिण्डर ३० हजार रुपैयाँ पर्छ ।
युगान्डामा रहेका नेपालीले अक्सिजन सिलिण्डर पठाएकोमा कर्णालीबासीले खुसि व्यक्त गरेका छन । उनीहरुले कर्णालीको स्वास्थ्य अवस्था सुधारिदैँ गइरहेको बताउँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा रहेकोमा जोड दिएका हुन ।

Next Post

जुम्ला तातोपानीको रावतबाडा गाउँ एक साताको लागि सील

१९ जेष्ठ २०७८, बुधबार १६:४०
जुम्लाको तातोपानी गाउँपालिका ६ रावतबाडा गाउँ एक साताको लागि सील गरिएको छ । गाउँमा कोरोना लक्षण भएका बिरामी बढेपछि गाउँ नै एक साताको लागि सील गरिएको हो । गाउँपालिका स्तरीय कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले रावतबाडा गाउँ एक साताको लागि सील गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले […]