कर्णालीका दुई मन्त्रीले लिए सपथ

  ।   २३ जेष्ठ २०७८, आईतवार १५:३२

सुर्खेत । कर्णालीका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । नेपाली कांग्रेसबाट कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन्र । आज (आइतबार) सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् ।

उनीहरुलार्य प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाएका छन् । बिसी सर्खेत रश्रेष्ठ जुम्लाका हुन् । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेकोबेला एमालेकै केही सांसदले फ्लोरक्रस गरेका थिए । भने कांग्रेसले विश्वासको मत दिएको थियो ।

फ्लोरक्रस गरेर नेकपा एमालेका तीन सांसदले तत्काल मन्त्री पद पाएका थिए । तर कांग्रेसले आफ्नो भागमा परेको एक मन्त्रालयमा मन्त्रीको नाम टुंग्याउन सकेको थिएन । अन्तत एक मन्त्रालय फुटाएर आठ मन्त्रालय बनाएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले थप एक मन्त्रालय कांग्रेसलाई दिएका हुन् ।

 

Next Post

जुम्ला कारागारमा १५ जनामा कोरोना संक्रमण पुष्टि

२३ जेष्ठ २०७८, आईतवार १५:३२
जुम्ला कारागारमा रहेका १५ जना कैदीबन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा कैदीबन्दीमा ज्वरो आउने र खोकी लाग्ने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आरटी पिसिआर परिक्षण गरेको थियो । कारागार भित्रका दुई महिला र १ सय २१ पुरुष गरि १ सय २३ जनाको कोरोना परिक्षण गरिएको […]

सम्बन्धित