चितवनको अर्गानिक मल जुम्लामा

  ।   १४ पुष २०८०, शनिबार १३:५०

पछिल्लो समयमा अन्नबालीमा रोगकिराको संक्रमण तीब्र भएर उत्पादनमा गिरावट आउन थालेपछि चितवनमा उत्पादित वायो अलगा नामक अर्गानिक मल जुम्ली किसानहरुले प्रयोग गर्न थालेका छन । त्यो मलले माटोको संचरना सुधार गर्ने र लाभकारी सुक्ष्म जीवहरुको बृद्धि गर्ने भएकोले उत्पादन बढ्ने भन्दै किसानहरुले मल किनेर प्रयोग गर्न थालेका हुन ।
बायो अलगा नामक अर्गानिक मल चन्दननाथ बहुद्धेशीय सहकारी संस्था लिमिटेडले २५ प्रतिशत अनुदान बेहोरेर जुम्ला पुर्याएको छ । किसानहरुले जुम्लामै प्रतिकेजी ६५ रुपैयॉमा सो मल किनिरहेका छन । जबकी खलंगा बजारमा यो मलको मुल्य प्रतिकेजी १ सय २० रुपैयॉ छ ।
सहकारीका व्यवस्थापक क्रृषिराम पाण्डेले किसानहरुको माग अनुसार पहिलो चरणमा १८ टन मल जुम्ला आइपुगेको बताए । उनले भने,‘किसानहरु यो मलको प्रयोग गरेर माटोको संरचना सुधार गर्न चाहिरहेका छन । जसले गर्दा मलको अत्यधिक माग पनि भइरहेको छ । ’ पैसा नहुने किसानले मल लैजादा अन्नबालीमा साटफेर गर्न सकिने समेत व्यवस्था गरिएको छ ,व्यवस्थापक पाण्डेले भने,‘सबै किसानहरु संग मल किन्ने पैसा हुन्छ भन्ने छैन् तर पैसा नहुने किसानले सहकारीलाई स्थानीय उत्पादन दिएर मल लैजान सकिने व्यवस्थापन भइरहेको छ । ’
उनले भने,‘जुम्लामा उत्पादित अर्गानिक बस्तुहरुको माग नेपाली बजारमा अधिक छ । तर बर्षेनी उत्पादन घटिरहेको छ । उचित मलखाद्यको व्यवस्थापनले मात्रै उत्पादन बढाउन सकिने भएकोले किसानहरुलाई वायो अलगामल दिन थालिएको हो । ’
जुम्लामा एक नगरपालिका सहित ७ गाउ‘पालिकामा गरेर १४ स्थानबाट मल बिक्रि भइरहेको छ । यो मौसम स्याउ ओखर व्यवस्थापनको भएकोले पनि किसानहरुले खोजीखोजी मल लैजाने गरेका छन ।
मल जुम्ला पुगेर स्टोरेज भइसकेको छ । सहकारी सदस्यहरुलाई प्राथमिकतामा राखेर मल उपलब्ध गराइने छ । उनले भने,‘अन्य किसानहरुले पनि सुपथ मुल्यमा मल किन्न पाउनेछन ।’ चन्दननाथ सहकारीको मात्रै २५ हजार सेयर सदस्य छन । तर जिल्लाका २२ हजार घरधुरीमा यो मल पुर्याउने लक्ष्य राखिएको उनको भनाइ छ ।
वायो अलगा नामक मलमा उच्चस्तरको प्राटीन,कार्बोहाइड्रेड लिपिड,भिटामिन र खनिजहरु हुन्छ । जसले विरुवाको बृद्धि विकासको लागि महत्वपुर्णभुमिका खेल्छ । यो मल अन्नबाली,दलहनबाली,तरकारी र फलफुल खेतिमा प्रयोग गर्न मिल्छ । बोट विरुवा र माटोको सुक्ष्म जीवहरुलाई आवश्यक पोषक तत्व प्रदान गरि बाली उत्पादकत्वमा बृद्धि गराउने भएकोले किसानहरुले यो मलको प्रयोग गर्ने व्यवस्थापक पाण्डेले बताए । उनका अनुसार बालीको उत्पादन बढाउने,वातावरणीय प्रदुषण घटाउने,लाभकारी सुक्ष्म जीवहरुको बृद्धि गरी माटोको संरचना सुधान गर्ने भएकोले जुम्लाका किसानको लागि यो मल प्रदान गर्न थालिएको हो ।
तरकारी अन्नबाली,गेडागुडी,रोप्ने क्रममा पहिलो मात्रा प्रति कठ्ठा ४ किलो र फुलु फुल्नु अघि ४ किलो प्रति कठ्ठा मल हाल्नुपर्छ । आधा कठ्ठा नर्सरी बेडको लागि ४ किलो बायो अलगा मल राख्न सुझाव समेत दिइएको छ । स्थानीय किसान जयबहादुर कार्कीले किसानहरुको अन्नबाली उत्पादनमा बृद्धि गर्ने मल अहिले चाहिएको बताए । उनले स्याउ बगैंचामा हाल्ने र अन्नबालीमा प्रयोग गर्नको लागि मल लैजाने तयारी भइरहेको बताए ।

Next Post

सिंजाका स्थानीय सरकार बालविवाहविरुद्ध मैदानमा

१४ पुष २०८०, शनिबार १३:५०
जुम्ला — बढ्दो बालविवाहले समाजमा नकरात्मक असर पार्न थालेपछि जुम्लाको सिंजा क्षेत्रका तीन स्थानीयतहले बालविवाह विरुद्धको अभियान थालेका छन् । उनीहरुले बालविवाहले पारेको प्रभाव अध्ययन गरेर न्यूनीकरणका उपाय अबलम्वन गर्दै अघि बढेका हुन । सिंजा क्षेत्रमा रहेका हिमा, सिंजा र कनकासुन्दरीमा बालविवाहविरुद्धका क्रियाकलापहरु घनिभूत रुपमा भइरहेका हुन् । बालविवाह अन्त्य गर्न किशोरकिशोरी समूह, […]

सम्बन्धित