नेपाली सेनाको २४ नम्वर बाहिनी अड्डा परिसरमा वृक्षारोपण

  ।   २६ असार २०७८, शनिबार ०८:२७


जुम्ला स्थित नेपाली सेनाको २४ नम्वर बाहिनी अड्डा जुम्लाममा विभिन्न जातका विरुवाको वृक्षारोपण गरिएको छ । । स्याउ,मेपल,किम्बु,पिपल,ओखर सल्लो,उत्तिस र धुपीको विरुवा रोपिएको हो । २४ नम्वर बाहिनी अड्डाका बाहिनीपति सहायकरथी याम बहादुर सापकोटाको नेतृत्वमा वृक्षारोपण गरिएको थियो । वृक्षारोपणमा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाई,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल,डिभिजन बन कार्यालयका प्रतिनिधि,नन्दबक्स गणका गणपति दिवाकर रायमाझी,२४ नम्वर फि.ए.,गुल्म, बाहिनी कारखाना,सिग्नल गुल्मका अधिकृत,पदिक तथा अन्य दर्जाहरुको सहभागिता थियो ।


उपस्थित सबैले आफ्नो नेमप्लेट भएको स्थानमा वृक्षारोपण गरेका हुन । कोभिड १९ को मापदण्डको पालना गरेर बाहिनी परिसरमा वृक्षारोपण गरिएको बाहिनीपति सहायकरथी याम बहादुर सापकोटाले जानकारी दिए । स्याउ ३४वटा,मेपल १० वटा,किम्बु १० वटा,पिपल ५० वटा,ओखर ५० वटा,सल्लो ६० वटा,उत्तिस ४० र धुपीका ४० विरुवा रोपिएको थियो । यसअघि पनि बाहिनीमा स्याउ र अन्यजातका विरुवा रोपिएको छ ।


बाहिनीपति सापकोटाले पछिल्लो समयमा बनजंगल विनास भइरहेको बेला सेनाले बाहिनीमा वृक्षारोपण गरेर बनजंगलको संरक्षण गर्न सन्देश छरिरहेको बताए । उनले भने,‘हरेक बोटविरुवा र मानिस बीचको अन्यानोस्रित सम्बन्ध छ । त्यसलै बोटविरुवालाई माया गरौँ । बनजंगलको संरक्षण गरौँ ।यो सन्देश नेपाली सेनाले दिन खोजेको छ । ’ वृक्षारोपण संगै नेपाली सेना संग नजिक रहेर कोभिड १९ महामारी नियन्त्रणमा विशेष योगदान पुर्याउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र प्रशासकीय अधिकृत द्धन्द्ध बहादुर शाहीलाई कदर पत्र प्रदान गरिएको थियो । यो कदर पत्र उत्तर पश्चिम हेडक्वाटरबाट प्रदान गरिएको थियो । सो अवसरमा बाहिनीपति सापकोटाले कदरपत्र हस्तान्तरण गरेका थिए ।


नेपाली सेनाले जिल्लाको विभिन्न स्थानीयतहमा स्वास्थ्य शिविर सञ्चालन गर्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले साथ दिएको थियो । नेपाली सेनाको २४ नम्वर बाहिनी अड्डा वोट विरुवामय बनेको छ । यसअघि रोपिएका स्याउ,ओखरका विरुवाले फल दिन शुरु गरेका छन । बाहिनी परिसर हरियाली बनेको छ । बाहिनी परिसरमा रोपिएका विरुवाको संरक्षण गर्न जिम्मेवारी दिइसकेकोले सहजै रुपमा विरुवा हुर्कने बाहिनीले जनाएको छ ।

Next Post

दुर्गमका बर्थिङ सेन्टरमा टर्चको भरमा सुत्केरी

२६ असार २०७८, शनिबार ०८:२७
गोल्डेन बुढा, जुम्लाको ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा टर्च बालेर सुत्केरी गराउनु पर्ने बाध्यता छ । स्वास्थ्य संस्थामा न सोलार सिस्टमको प्रयोग छ । नत कुनै बिजुली बत्तिको प्रबन्ध नै । अध्याँरो रातमा टर्चको साहरा लिएर सुत्केरी गराउनु परिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन । उनीहरुले अध्याँरोमा जोखिम मोलेर सुत्केरी गराउनु परेको गुनासो पोखे […]