जुम्लामा मास्क अभियान : मास्क बाँड्दै सडकमा सिडिओ

  ।   २७ श्रावण २०७८, बुधबार ११:०४

जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिजयाकुमारी प्रसाई मास्क बाड्ँदै सडकमा निस्किएकी छिन् । उनी कोरोना भाइरसको तेस्रो भरियन्टबाट बच्न र बचाउन अपिल गर्दै मास्क लिएर सडकमा निस्किएकी हुन । उनी संगै चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटा,नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापा, नागरिक समाजका अध्यक्ष राजबहादुर महत लगायतका सुरक्षाकर्मीको टोली सडकमा निस्किएको थियो ।


सडकमा मास्क नलगाएका सबैलाई मास्क प्रदान गरिएको थियो । कोरोना भाइरसको तेस्रो भेरयन्ट भित्रिन नदिनको लागि उच्च सावधानी अपनाउनको लागि माइकिङ मार्फत अनुरोध गरिएको थियो । मास्क दिदै प्रमुख जिल्ला अधिकारी प्रसाईले भनिन्,‘नियमित मास्कको प्रयोग गर्नुहोला । आफु बचेर बालबालिकालाई बचाउनु होला । यो भेरियन्ट निकै खतरानाक छ । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुहोला । ’
कोभिड १९ संकट व्यवस्थापन समितिको संयोजक समेत रहेकी प्रमुख जिल्ला अधिकारी प्रसार्इँले यो भेरिन्टले बालबालिका प्रभावित भएकोले नियमित बालबालिकाको रेखदेख,सरसफाई र नियमित निगरानी गर्न सुझाव दिइन ।

प्रमुख जिल्ला अधिकारी प्रसाईले जिल्लामा मास्क बैंक स्थापना देखि कोरोना संक्रमणबाट बच्न सचेतनाका क्रियाकलाप अघि बढाइने बताइन् । नेपाल सरकारले थालेको मास्क अभियान अन्र्तगत सडकमा निस्किएकी उनले भनिन्,‘यो अभियान सदरमुकाममा मात्र केन्द्रीत हुदैन । दुरदराजका ग्रामिण क्षेत्रमा पनि चल्नेछ ।सबै मिलेर कोरोना भाइरसलाई परास्त गर्नु अहिलेको आवश्यकता हो । यो अभियानमा साथ दिनुस । कोरोनामुक्त जुम्ला बनाउन सकिन्छ । ’ जिल्ला प्रशासन कार्यालय जुम्ला देखि शुरु भएको मास्क बाँड्ने काम कालेखोली, बसपार्क, टुडिखेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हुदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर सकिएको थियो ।


चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले कोरोना भाइरसको तेस्रो भेरियन्ट लाग्न नदिनको लागि उच्च सावधानी अपनाउन नगरबासीलाई आग्रह गरिन । उनले भनिन्,‘कोरोना भाइरस एक जनाका व्यक्तिको समस्या होइन । सामुहिक समस्या हो । यो यो समस्य निराकरण गर्न सामुहिक एकता र प्रतिबद्धताको खाँचो छ । सबै मिलौँ । कोरोना भाइरस भगाऔँ । बालबालिका जोगाऔँ ।’
नगरक्षेत्रमा पनि मास्क अभियान सञ्चालन गर्ने उनले बताइन । नन्दाबक्स गणका गणपति रविन थापाले कोरोना संक्रमण रोक्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । उनले भने,‘कोरोना भाइरसका बारेमा सबै सचेत हुनुपर्छ । सचेतना फैलाउनु पर्छ । कोरोना भाइरसबाट हुन सक्ने क्षति कम गर्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्छ ।’ उनले नेपाली सेना कोरोना संक्रमणबाट बच्न बचाउनको लागि सचेतनाका क्रियाकलाप गर्दै हरेक सुखदुखमा साथ दिदै आएको बताए । उनले सडकमा मास्क नलगाएर हिडेका सबैलाई मास्क उपलब्ध गराएर सचेत रहन आग्रह गरे ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले हरेक नागरिकले मास्क अनिवार्य लगाउनु पर्नेमा जोड दिए । उनले भने,‘यो एउटा प्रशासन र नगरपालिकाको मात्र समस्या होइन । सामुहिक समस्या हो । सबै मिलेर अघि बढ्नुपर्छ । कोरोना भाइरस बारेमा सचेतना फैलाउन नागरिक समाज तयार छ ।
उनले जुम्लामा मास्क नलगाउने,सामाजिक तथा व्यक्तिगत दुरी कायम नगर्ने परिपार्टीको विकास भइरहेको बताउँदै स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यन्वयनमा कडाइ गर्नुपर्ने बताए । उनले भने,‘जुम्लामा चरम लापरवाही देखिएको छ । अब सरोकारवाला निकायले पनि कडा रुपमा प्रस्तुत हुनुपर्छ । सबै मिलेर सचेतनाका क्रियाकलाप गर्नुपर्छ ।जब सम्म कोरोना भाइरसबारेमा नागरिक सचेत हुदैनन् । तब सम्म रोकथाम तथा नियन्त्रणका सबै प्रयास सफल हुन सक्नेछैनन । ’


नेपाल पत्रकार महासंघ शाखा जुम्ला, उद्योग बाणिज्य संघ जुम्ला लगायत कर्मचारी मिलन केन्द्रले कोरोनाबाट बच्न मास्क अभियानलाई एक्केबद्धता जनाएका छन । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले मास्क अभियानलाइ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । उनले भने,‘मास्क अनिवार्य हो । मास्कले जीवन बचाउँछ भन्ने सन्देश प्रवाह गर्न जरुरी छ । ’
प्रमुख जिल्ला अधिकारी प्रसाईले उद्योग बाणिज्य संघलाई तत्काल सामाजिक दुरी कायम गरेर मात्र व्यापार व्यवसाय गर्ने बातावरण सिर्जना गर्न आग्रह गरिन । उनले घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउन, साबुनपानीले हातधुन, सेनिटाइजरको प्रयोग गर्दै सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्न सबै तयार हुनु पर्नेमा जोड दिइन ।


प्रमुख जिल्ला अधिकारी मास्क बोकेर सडकमा निस्कदा स्थानीय दंग थिए । उनीहरुले नियमित मास्कको प्रयोग गर्ने प्रतिबद्धता जनाए । सडकमा निस्किका व्यक्ति देखि सडक सवारीमा यात्रा गरिरहेका यात्रु,चालक,व्यापार व्यवसायी सबैलाई मास्क दिइएको थियो ।
प्रमुख जिल्ला अधिकारी प्रसाईले हरेक सार्वजनिक स्थल, कार्यालय सबैमा स्वास्थ्य सुरक्षाको मापदण्ड कायन्वयन गरेर मात्र सेवा प्रवाह गर्नु पर्ने बताइन । अहिले जिल्लाको अधिकांस स्थानीयतहमा पिसिआर परिक्षण तीब्र रुपमा भइरहेको छ ।


मास्क लगाऔँ, कोरोना भगाऔँ । अस्पताल भन्दा घर राम्रो,स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरौँ । आफु बचाऔँ । अरुलाई पनि बचाऔँ जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रमुख जिल्ला अधिकारी प्रसाई नेतृत्वको टोली सडकमा निस्किएको हो ।

Next Post

सरकारी नजर नपुगेको कर्णाली राजमार्ग

२७ श्रावण २०७८, बुधबार ११:०४
गोल्डेन बुढा, कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेत देखि जुम्ला जोड्ने सडक हो ‘कर्णाली राजमार्ग’ । सुर्खेतबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने मार्ग कर्णाली राजमार्ग हो । कर्णाली राजमार्ग २०६३ चैत्रबाट सञ्चालनमा आएको थियो । अहिले यो सडक साँघुरो, हिलाम्य र खाल्डाखुल्डीमा परिणत भएको छ । जसका […]