दुर्गममा पशु स्वास्थ्य शिविर

  ।   ७ भाद्र २०७८, सोमबार २०:१६


जुम्लाको दुर्गमका स्थानीयतहमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । तिला गाउँपालिका १ दहचौर,तिला ९ मानेचौर र तातोपानी ७ पातरसाँघुमा पशु स्वस्थ्य शिविर सञ्चालन गरिएको हो । सो अवसरमा पशुवस्तुलाई खोप लगाउनुका साथै औषधि र परामर्श सेवा प्रदान गरिएको थियो ।
गाई,गोरु,भेडा तथा बाख्रा गरेर ४ हजार ७ सय ८३ पशुवस्तुमा खोप लगाइएको थियो । ६ हजार ६ सय ५८ पशुवस्तुको उपचार गरिएको थियो । ९० पशुवस्तुको बन्ध्याकरण गरिएको थियो । किसानलाई पशुवस्तुमा लाग्ने रोग र रोगको निदानका बारेमा परामर्श दिइएको पेस नेपालका नविन विसीले जानकारी दिए ।
सम्बन्धित स्थानीयतहको पशु शाखा संगको समन्वयमा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए ।
शिविरबाट उपचार गरिएका पशुवस्तुहरुको स्वास्थ्यमा सुधार भएर उत्पादन बृद्धि भई किसानको आर्थिक आयआर्जनमा सघाउ पुग्ने लक्ष्य राखिएको छ ।
अनुकुलन कोषको आथिक सहयोग, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, विश्व खाद्य कार्यक्रमको प्रविधिक सहयोग र पेस नेपालको आयोजनामा सञ्चालित क्याप्स कर्णाली परियोजनाबाट संचालन गरिएको थियो ।

Next Post

प्रभावकारी बन्दै रारालिही संंकलन केन्द्र

७ भाद्र २०७८, सोमबार २०:१६
जुम्लाको तिला गाउँपालिका २ डुन्डेलीमा बनेको संकलन केन्द्र प्रभावकारी बन्दै गइरहेको छ। संकलन केन्द्रले नियमित रुपमा कार्यालयको कामलाई अगाडि बढाउने र स्थानिय रुपमा उत्पादन भएका तरकारी तथा स्थानिय उत्पादनलाई स्थानिय बजारसम्म पुर्याउने काम गरेको छ । स्थानिय उत्पादनलाई जोड दिने र उत्पादित बस्तुलाई संकलन केन्द्रद्धारा संकलन गरि बाहिर बजारमा विक्री […]