हिमामा सुत्केरीलाई अण्डा,बच्चालाई भोटो चोलो

  ।   २२ असार २०७८, मंगलवार १३:३२

जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया सुत्केरीलाई पोषिलो खाना र बच्चालाई न्यानो कपडा कोसेली स्वरुप लिएर गाउँबस्तीमा पुगेकी छिन । उनी सुत्केरीलाई एक क्यारेट अण्डा र ५ पोका तेल, बच्चालाई कम्मल र भोटोचोलो लिएर गाउँबस्तीमा पुगेकी हुन । उनले आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कोसेली लिएर गाउँमा जाँदा स्थानीय उत्साहित थिए । उनले गाउँमा पुगेर कोसेली दिने र संगसंगै सुत्केरी स्याहार लगायतका बिषयमा छलफल गरेकी हुन ।
गाउँपालिकाले तयार गरेको महिला संग उपाध्यक्ष कार्यक्रम अन्र्तगत उपाध्यक्ष रोकायाले सुत्केरीलाई पोषिलो खानेकुरा, बच्चालाई न्यानो कपडा, एकल महिलालाई धोति र सल प्रदान गरेकी हुन । दुर्गमताका कारण यहाँका सुत्केरीले आराम गर्न र पोषिलो खाना पाउँदैनन् । उनले भनिन्,‘गाउँमा सुत्केरी स्याहारका बिषयमा सचेतना दिदै कोसेली प्रदान गरिएको छ । ’
गाउँपालिका भरीका एक सय सुत्केरीलाई पोषिलो खानेकुरा, १ सय जना एकल महिला लाई धोति, सल र एक सय बच्चालाई न्याने कम्मल र भोटे चोलो उपलब्ध गरिएको उपाध्यक्ष रोकायाले बताइन् । यही कार्यक्रम भित्र रहेर जेष्ठ नागरिकलाई सम्मान र विपन्न बालबालिकालाई स्टेशनरीका सामाग्री प्रदान गरिएको छ । महिलालाई सीपमा पोख्त बनाउन हाते होजियारी तालिम दिइएको छ । उनले भनिन्,‘दुर्गमका महिलाले भोग्नु परेको समस्या केन्द्रीत कार्यक्रम लिएर गाँउबस्तीमा पुगिएको छ ।

महिला स्वास्थ्य हुन । आत्मनिर्भर हुन । महिला सरसफाईका क्रियाकलापमा अग्रसर बनुन्,अन्यायको विरुद्धमा आवाज उठाउन सकुन भनेर गाउँमा महिलालाई सचेतना दिने गरिएको उनले बताइन । उपाध्यक्ष रोकायाले गाउँपालिकाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्र,महाबैपातरखोला र बड्की बर्थिङ सेन्टरमा एक एक लाख रुपैयाँको आपतकालिन सुत्केरी कोष खडा गरिएको बताइन् । गाउँपालिका भित्रका ७ वडाका २८ गाउँमा पुगेर स्वास्थ्य,शिक्षाका बिषयमा सचेतना फैलाइएको उनी बताउँछिन ।
महिला संग उपाध्यक्ष कार्यक्रममा हिमा गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यही कार्यक्रमबाट शिक्षा,स्वास्थ्य,कृषि, विकास योजना र वितरणमुखि कार्यत्रमम गरिएको थियो । उपाध्यक्ष रोकायाले भनिन्,‘अहिले पनि सुत्केरी हुन स्वास्थ्य संस्थामा जाँदैनन् । आमा र बच्चालाई पोसिलो खाने कुरा खुवाउदैनन । सुत्केरीमा पाउनु पर्ने आराम पाउँदैनन् त्यही भएर यहाँका सुत्केरी सुरक्षित छैनन । अब सुरक्षित रुपमा स्वास्थ्य संस्थामा सुत्केरी होउन र आमा र बच्चाको सुरक्षामा संवेदनशिल बनुन् भन्ने हेतुले सुत्केरी स्याहार तथा सुरक्षाका बिषय प्राथमिकतामा राखिएको उपाध्यक्ष रोकायाले बताइन् ।

Next Post

सहमतिमै नेतृत्व छनोट गर्ने प्रयासमा जुम्ला कांग्रेस

२२ असार २०७८, मंगलवार १३:३२
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी साउन दोस्रो सातादेखि सुरु हुने भएको छ । महाधिवेशनको मिति तोकिएसँगै जिल्ला स्तरमा पनि महाधिवेशनको सरगर्मी बढेको छ । यतिबेला पार्टीमा नेतृत्व छनोटदेखि महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने दोहोरो चुनौती पनि छ । तथापी वडास्तर केन्द्रका विभिन्न कमिटीहरु आसन्न महाधिवेशनलाई सफलता पूर्वक सम्पन्ने गर्ने तयारीमा […]