जुम्लामा पौडेल प्यानलको वर्चश्व

  ।   १० आश्विन २०७८, आईतवार २०:४५

नेपाली काँग्रेस स्थानीयतहको अधिवेशनमा जुम्लामा रामचन्द्र पौडेल प्यानलको वर्चश्व देखिएको छ । जिल्लाको एक नगरपालिका सहित ७ गाउँपालिका मध्ये दुइवटा स्थानीयतहमा मात्र देउवा प्यानलले सभापति पाएको हो । सबै स्थानीयतहमा रामचन्द्र पौडेल प्यानल चयन भएको हो ।
जिल्लाका नौ स्थानीयतहमा सर्वसहमतिले सभापति चयन भएकोमा चन्दननाथ नगरपालिकामा निर्वाचन भइरहेकोछ । कनकासुन्दरीमा लालु बुढा,सिँजा गाउँपालिकामा गोविन्द शर्मा, हिमा गाउँपालिकामा नरबहादुर शाही,तातोपानीमा धनकृष्ण चौलागाइँ,तिलामा भक्तबहादुर रोकाया,पातारासीमा रतनसिंह बुढा र गुठिचौरमा टेकबहादुर भण्डारी चयन भएका हुन ।
उनीहरु मध्ये सिँजाका शर्मा र गुठिचौर गाउँपालिकाका भण्डारी देउवा प्यानलबाट चुनिएका हुन । अरु सबै पौडेल प्यानलबाट चुनिएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ । चन्दननाथ नगरपालिकाको निर्वाचनमा एक सय ७१ मत खसेको छ । मतगणना गर्ने तयारी भइरहेको छ ।
नगरसभापति चयनका लागि लामो समय सम्म सहमतिको प्रयास भएपनि सहमति हुन नसकेपछि निर्वाचन भएको हो । नगरसभापतिमा पौडेल पक्षबाट रवि थापा र देउवा प्यानलबाट अंग चौलागाइले उम्मेदवारी दिएका छन । अहिले सबैको ध्यान नगरसभापतिको निर्वाचनमा आर्कषण भइरहेको छ ।

Next Post

कोभिड प्रभावितलाई खाद्यन्न सहयोग

१० आश्विन २०७८, आईतवार २०:४५
जुम्ला,असोज १४। जुम्लाको चन्दननाथ नगरपालिकाका कोभिड प्रभावितलाई खाद्यन्न सामाग्री प्रदान गरिएको छ । नगरपालिकाको १,४ र ५ वडाका ३० घरपरिवारलाई राहतस्वरुप खाद्यन्न सामाग्री सहयोग गरिएको हो । नगरप्रमुख कान्तिका सेजुवालले खाद्यन्न सामाग्री प्रदान गर्दै कोरोनाका कारण जनजीवन निकै प्रभावित भएको बताइन । उनले भनिन्,‘सवैभन्दा विपन्न ज्यालामजदुरी गरेर खाने नागरिक प्रभावित […]