सहिदको रगत खेर जान दिने छैनौँ : पुर्वमन्त्री भण्डारी

  ।   १ फाल्गुन २०७८, आईतवार २१:०४

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेश भण्डारीले २७ औँ जनयुद्ध दिवसले समृद्धि नेपाल निर्माण अभियानमा उर्जा थप्ने बताएका छन । उनले जनयुद्ध नेपाल र नेपालीको गौरवपुर्ण दिन भएको बताए । जनयुद्ध दिवसको दिन चन्दननाथ नगरपालिका ३ भण्डारीगाउँमा रहेका सहिदको शालिकमा अविर माला लगाउँदै उनले सामान्ति राज्यसत्ता विरुद्धको लडाइँमा अग्रसर भएर सहादत प्राप्त गर्ने सहिदहरुको रगतलाई खेर जान नदिने प्रतिबद्धता जाहेर गरे ।
तत्कालीन नेकपा माओवादी पार्टीको नेतृत्वमा नेपालमा जनयुद्धको सुरुवात भएको दिन भएकोले फागुन महिनाको १ गतेलाई सबै नेपाली जनतालो उल्लासपुर्ण तबरले मनाउनु पर्नेमा जोड दिए । नेपालमा जनयुद्ध प्रारम्भ भएको २७ बर्ष पुग्यो । यो बीचमा नेपालमा निकै ठुलो उपलब्धि भएका छन । सांसद भण्डारीले भने,‘यो दिवसले उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्न थप हौसला प्रदान गर्ने विश्वास गरिएको छ । ’
यो एउटा उत्कर्षको दिन हो । एउटा प्रक्रिया निधेष गरेर नयाँ प्रक्रिया सुरु भएको दिन हो । उनले भने,‘जनयुद्धको जगमा जे जति परिवर्तन भएका छन । सबै परिवर्तनको रक्षा गर्दै सुन्दर,शान्त र समृद्ध नेपाल निर्माण गर्नु अहिलेको टड्कारो आवश्यकता छ । यो अभियानमा सबै अघि बढौँ । ’
सहिद परिवार र स्थानीय बासिन्दा संग जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै कर्णाली प्रदेशका पुर्वमन्त्री समेत रहेका मन्त्री भण्डारीले भण्डारीबाडाका सहिद अशोक भण्डारी(आक्रोश) उनबहादुर भण्डारी (विनय) हस्तबहादुर भण्डारी (एटम) रामबहादुर भण्डारी (परमाणु ) को शालिकमा माल्यापण गरेका थिए । नेपालको राजनितिक ईतिहासमा जनयुद्धले अभूर्तपूर्व सफलता र उपलब्धी हासिल गरेको छ । यो नेपाली जनताको बिजयको दिन हो । सहिदहरुको रगतले आर्जित सुनौलो दिन पनि हो । जनयुद्ध दिवस देशैभर उल्लासपुर्ण तरिकाले मनाइदै आएको छ ।
जनयुद्ध एउटा गौरवपुर्ण विद्रोहको दिन हो । जुन आफैँमा नेपाली जनताको लागि सबैभन्दा उच्च महत्व बोकेको दिनका रुपमा परिचित छ । कर्णाली प्रदेशसभा सदस्य भण्डारीले थपे, ‘यो अवसरमा सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना छ ।’
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक बीरबहादुर कुंवरले जनयुद्धले प्रतिकुल परिस्थितीलाई अनुकलतामा ढाल्दै जनतामाथि गरेको शोषण,दमनबाट मुक्ति दिलाउन जनयुद्धको उद्घोष गरेको बताए । उनले जनता जहिलेपनि परिवर्तनको पक्षमा रहेको र जनताले जनयुद्धप्रति विश्वास गरेर आफ्नो बलिदान गरेको बताए । उनले भने‘ एक दिन सहिदको फोटामा माला लगाएर मात्रै हुदैन । सहिदको सपना जनताप्रति विश्वासका साथ अगाडि बढेमा मात्र पुरा हुन्छन । ’ चन्दननाथ नगरपालिका २ का अध्यक्ष तथा सहिद परिवार धनरासी भण्डारीले सहिदका सबै सपना त कहिल्यै पूरा नहुने भन्दै सहिदका सपना पुरा गर्नको लागि सबै एकीकृत भएर लाग्नु पर्नेमा जोड दिए ।

Next Post

कम्प्युटर सिक्दै जुम्लाका किशोरी

१ फाल्गुन २०७८, आईतवार २१:०४
जुम्ला पातारासी गाउँपालिका ७ रिनी गाउँकी सम्झना खड्काको अधिकांस समय कम्प्युटर चलाउदै बित्छ । उनी अहिले कम्प्युटर सिक्ने कामलाई प्राथमिकता दिन थालेकी छिन । कम्प्युटरको जमाना भएकोले कम्प्युटर नसिक्नुलाई उनी ठुलो कमजोरीका रुपमा हेर्छिन । उनले भनिन‘अहिलेको विज्ञान तथा प्रविधिको युगमा सबैले कम्प्युटरको ज्ञान सिक्न आवश्यक छ । ’ कम्प्युटरबाट […]