राष्ट्रियसभा निर्वाचनः गठबन्धनका तीनै जना उम्मेदवार विजयी

  ।   १२ माघ २०७८, बुधबार १८:५९

राष्ट्रियसभाका तीन सदस्यका लागि भएको निर्वाचनमा कर्णालीबाट सत्ता साझेदार दलका उम्मेदवार विजयी भएका छन्। सत्ता साझेदार दलका तर्फबाट महिलातर्फ नेपाली कांग्रेसकी दुर्गा गुरुङ, अल्पसंख्यक/अपाङ्गतातर्फ माओवादी केन्द्रका नरबहादुर विष्ट र अन्यबाट नेकपा समाजवादीका उदयबहादुर बोहरा विजयी भए।

निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार गुरुङले दुई हजार ९७० मतभार प्राप्त गरिन् भने नेकपा एमालेकी उम्मेदवार गंगा थापाले एक हजार ४१६ मतभार प्राप्त गरिन्। यस्तै अल्पसंख्यक/अपाङ्गतातर्फ विजयी विष्टले तीन हजार ६ मतभार प्राप्त गरे भने प्रतिद्वन्द्वी एमालेका पदमबहादुर माझीले एक हजार ३९८ मतभार प्राप्त गरे।

अन्यतर्फ विजयी समाजवादीका बोहराले तीन हजार ६ मतभार प्राप्त गरे भने एमालेका चुडामणि शर्माले एक हजार ४१६ मतभार प्राप्त गरे। निर्वाचन अधिकारी चालिसेका अनुसार तीन मत बदर भएको छ। महिलातर्फका दुई र अल्पसंख्यक/अपाङ्गतातर्फको एक मत बदर भएको उनले जानकारी दिए। बदर भएका तीन वटै मत स्थानीय तहका प्रमुख/उपप्रमुखका हुन्।

कर्णाली प्रदेशमा कुल मतदाता १९१ हुन्। ति मध्ये स्थानीय तहका मेयर/उपमेयर/अध्यक्ष/उपाध्यक्षतर्फ १५६ र प्रदेशसभा सदस्यतर्फ ३५ मत हुन्। स्थानीय तहका १५६ मत मध्ये एक मत मात्रै खसेन भने प्रदेशसभा सदस्यतर्फको पनि एक मत खसेन्। स्थानीय तह मध्ये कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दुई वर्षदेखि अमेरिकामा छिन्। उनी गाउँपालिकाको सम्पर्कमा पनि छैनन्।

यस्तै प्रदेशसभामा राप्रपाको एक मत छ। राप्रपाले प्रदेश १ बाहेक अन्य मतदान नगर्ने ह्वीप जारी गरेकाले आफूले मतदान नगरेको राप्रपाकी सांसद शोशीला शाहीले बताइन्।

Next Post

स्वास्थ्य बीमाले तातोपानीका विपन्न नागरिकलाई राहत

१२ माघ २०७८, बुधबार १८:५९
जुम्ला,माघ १२। जुम्लाको तातोपानी गाउँपालिकाले अति विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएपछि स्थानीयले निकै राहतको अनुभुति गर्न थालेका छन । जनतासंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्र्तगत गाउँपालिकाले निशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो । चालू आर्थिक वर्ष ०७८÷७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको […]

सम्बन्धित