हुम्लाबासीका निष्ठा ‘कार्चेन ’

  ।   २१ माघ २०७८, शुक्रबार १५:२२

हुम्लाको राजनीति क्षेत्रका त्यागी,इमान्दार र निष्ठावान नेता हुन,छिरिङ डुङडोल लामा (कार्चेन) । उनले २०४६ सालदेखि मोटो मशालबाट राजनीतिक यात्रा प्रारम्भ गरे । राजनीतिक यात्रामा उनी जनप्रिय नेताका रुपमा स्थापित बनिरहे । हुम्लाबासीको मनमुटुमा बस्न सफल नेता कार्चेनले अहिले सम्म कुनै अवसर पाएनन । बरु आफुलाई आइपरेको अवसर अरुलाई सुम्पिए ।
फलस्वरुप उनी त्यागी नेताको प्रायवाचीका रुपमा रहिरहे । उनी पार्टी र संगठनका लागि निरन्तर खटिए । जनताको हरेक काममा सारथी बने । अहिले उनी हुम्ला जिल्लाको एक निष्ठावान नेता हुन । पछिल्लो समयमा कर्णाली प्रदेश सरकारको मन्त्री हुने चर्चा चलेको छ । यो सिंगो कर्णालीका लागि न्यायपुर्ण हुने स्थानीय बताउँछन ।
मोटो मशालबाट राजनीतिक यात्रा तय गरेका कार्चेनले संयुक्त जनमोर्चा पार्टीको तर्फबाट २०५४ सालमा तत्कालिन बारगाउँ गाविसको अध्यक्ष पद पाएका थिए । तर त्यो पद उनले पदमबहादुर लामालाई त्यागे । यो कार्यले पनि उनी राजनीतिमा कत्ति त्यागी नेता हुन भन्ने प्रष्ट हुन्छ । २०५२ सालबाट देश र जनताको मुक्तिको लागि भन्दै नेपालमा नेकपा माओबादी पार्टीले जनयुद्धको प्रारभ्भ गर्यो । २०५६ कार्तिक १३ गतेदेखि पुर्णकालिन भएर काम गरे । कार्चेन संग हिमाली जनसाँस्कृतिक परिवारको अध्यक्ष देखि सैन्य कमाण्डर सम्मको अनुभव छ ।
जब उनी जनयुद्धमा होमिए उनले समग्र हुम्लाको विकास निर्माणका क्षेत्रमा चासो दिन थाले । सामुहिक स्वार्थमा लागे । अहिले हुम्लाबासीको प्रिय नेता हुन उनी । तत्कालिन कर्णाली व्युरोका सचिवालय सदस्य,कर्णाली मुक्ति मोर्चाको सदस्य हुदै हुम्ला जिल्लाको जनसरकार प्रमुख बने । त्यो बेला देखि नै उनी जनचासोका बारेमा आवाज उठाउन थाले ।
उनी जनमुक्ति सेना बने । पश्चिम सैन्य डिभिजन व्युरोको सदस्य भए । दुर्गम क्षेत्रमा जन्मिएका लामा समुदायका छोरा कार्चेन जनहितका काममा जस्तो जोखिम आइपरेपनि पछि हटेनन । मृत्यु या मुक्तिको सपथ खाएर निरन्तर अग्रसर बने । हिमाली भोटे राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष समेत रहेका कार्चेन कर्णालीको मुगु,डोल्पा,हुम्ला जिल्लाका लामा समुदायको एक अगुवा हुन ।२०७० सालमा पोलिटब्युरो सदस्य बनेका उनले एकीकृत माओबादी पार्टीको तर्फबाट तीनतीन पटक हुम्ला जिल्लाको इन्चार्जको जिम्मेवारी वहन गरे ।
माओवादी केन्द्रले साँसद टिकट दिएको थियो । छक्कबहादुर लामा र छिमि लामा बीच विवाद हुँदा सहजै आफुले पाएको टिकट छक्कबहादुर लामालाई दिए । इमानको राजनीति गर्दै आधा जीवन बिताइसकेका लामाको आफन्तले अहिले सम्म सरकारी पद नपाएको भन्दै असन्तुष्टी जाहेर गरेका थिए ।

माओवादीमा भुमिगत जीवन बिताउने मध्येकै पहिलो रहेको माओवादी केन्द्र जिल्ला अध्यक्ष लालकेश जैसीले बताए । उनले भने,‘उहाँ जस्तो त्यागी,इमान्दार र निष्ठावान नेता अहिले सम्म देखेको छैन । तर उनी सधैँ ओझेलमा परे । लाभको पद धारण गर्न पाएनन । ’अहिले कर्णाली प्रदेश सरकारको मन्त्री बन्ने संभावना देखिएको छ । अध्यक्ष जैसीले भने,‘३२ बर्ष राजनीतिक यात्रामै रहेका उनका लागि यो अवसर हो । यो सिंगो माओबादी केन्द्रको लागि न्याय हो । ’
माओबादी केन्द्रबाट मन्त्री बन्न लागेको प्रति कसैले विरोध गर्न थालेका छन । त्यो गलत हो । माओबादी केन्द्रले इमान्दार,कर्मठ,क्रान्तिकारी व्यक्तिको सम्मान गरेकोमा हुम्लाबासी खुसी छन । सायद कार्चेनले यसअघि नै सांसद पदको टिकट मागेको भए पाउथे । तर उनले व्यक्तिगत हित चाहेनन । सामुहिक स्वार्थलाई सर्वोपरी ठाँने ।
प्रेस सेन्टर नेपालका हुम्ला अध्यक्ष नरजङ तामाङले कार्चेन मन्त्री हुन लागेको भन्दै विरोध गर्नुको अर्थ नरहेको बताउँछन । उनले भने,‘गैर साँसदलाई ६ महिना मन्त्री बनाउन सकिने व्यवस्था संविधानले गरेको छ । अरुको के को आपत्ति । ’

Next Post

तीन महिनापछि पूर्णता पाउँदै कर्णाली मन्त्रिपरिषद्

२१ माघ २०७८, शुक्रबार १५:२२
कर्णाली प्रदेश सरकारले तीन महिनापछि पूर्णता पाउन लागेको छ।सरकारमा सहभागी दलहरूको आन्तरिक काम र मन्त्री छान्न भएको सकसले तीन महिनासम्म पूरा हुन नसकेको मन्त्रिपरिषद्ले आइतबारसम्म पूर्णता पाउने भएको हो।कर्णाली प्रदेशमा सत्तारूढ दलहरूले सरकारमा सहभागी गराउने मन्त्रीहरूको नाम छानिसकेका छन्। नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारमा माओवादीबाट तीन, नेकपा (एकीकृत समाजवादी) बाट […]