हिउँ हटाएपछि विमानस्थलमा जहाज अवतरण

  ।   २२ माघ २०७८, शनिबार १८:२८

जुम्ला विमानस्थलको धावन मार्गमा जमेको हिउँ हटाएपछि जहाजले अवतरण गरेका छन्। तारा र समिट एयरको जहाजले एक एक उडान भरेका हुन्। विमानस्थल प्रमुख सन्तोष अधिकारीले चार घण्टाको अथक मेहनतपछि हिउँ पन्छाइएको बताए। धावनमार्गमा एक फिट हिउँ जमेको थियो। विहानैदेखि जिल्ला प्रशासन कार्यालय जुम्लाको अगुवाइमा हिउँ पन्छाउने कार्य सुरु भएको थियो।

धावनमार्ग पूर्ण रुपमा सुख्खा भएपनि जुम्ला विमानस्थलले उडानका लागि अनुमति दिएको थियो। दुई जहाजले उडान भरेपछि यात्रुहरुले सहज रुपमा यात्रा गरेका छन्। दुई दिन हिउँ पन्छाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको थियो। साथै सेना, प्रहरी, प्रशासन र नगरपालिकाको सवारीसाधन प्रयोग गरिएको थियो। विमानस्थल प्रमुख अधिकारीले दुई वटा जहाज अवतरण भएको जानकारी दिए। उनका अनुसार बिहीबारदेखि हवाइसेवा हुन सकेको थिएन।

जुम्लामा यात्रुको चाप नभएपनि नेपालगञ्जमा यात्रुको निकै चाप थियो। प्रमुख अधिकारीका अनुसार बाजुरा र जुम्लामा मात्रै हवाई उडान भएका थिए। कर्णालीको ताल्चा विमानस्थल मुगु, हुम्ला र डोल्पा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन्।

मुगु जिल्लाको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत बाक्लो हिमपातका कारण विमानस्थल सञ्चालनमा आउन नसकेको बताए। धावनमार्गमा आधा फिट हिउँ जमेको छ। पहिलो दिन हिउँ पन्छाउन सकिने अवस्था रहेन। आइतबार हिउँ हटाएर विमानस्थल सञ्चालनमा ल्याउन पहल हुने उनले बताए। उनले भने, ‘तीन दिनदेखि जहाज चल्न सकेको छैन। सडक र हवाई यातायात सञ्चालनका लागि हिउँ हटाउने कार्य सुरु भइसकेको छ।’

हुम्ला विमानस्थलमा दुई फिट हिउँ जमेको छ। सुरक्षाकर्मीले विमानस्थलको हिउँ हटाइसकेका छन्। तर धावनमार्ग नसुकेका कारण जहाज आउन सकेन। आइतबारदेखि नियमित उडान भर्ने विमानस्थल कार्यालय जुम्लाले जनाएको छ। हिउँ परेपछि हवाई सेवा ठप्प थिए। कर्णालीको हुम्ला, मुगु, डोल्पा र कालिकोटमा जहाज चल्छन्।

चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले धावनमार्गमा हिउँ पन्छाउन गरिएको जिल्ला प्रशासन कार्यालयको पहल प्रशंसनीय रहेको बताइन्। उनले भनिन्, ‘हिउँ हटाएर विमानस्थल सञ्चालनमा ल्याउनु चुनौती थियो। त्यो सफल भयो।’

हवाई जहाज चलेकोले यहाँका स्थानीयलाई निकै राहत पाएका छन्।

Next Post

कर्णालीबासीको आशा र भरोसा दीनबन्धु श्रेष्ठ

२२ माघ २०७८, शनिबार १८:२८
जुम्ला, माघ २३, जुम्लाका दीनबन्धु श्रेष्ठ नेपाली काँग्रेसका नेता हुन । उनी कार्यकर्ता प्रतिको आशा र समग्र कर्णालीबासीको भरोसा केन्द्र हुन । सादा जीवन उच्च बिचारका धनी मानिने श्रेष्ठ व्यक्तिगत स्वार्थ, जालझेल,षडयन्त्रमा कहिले लागेनन । सामुहिक स्वार्थलाई सर्वोपरी ठाने । समर्ग कर्णालीको विकास र समृद्धिको पक्षमा उभिए । नेता श्रेष्ठलाई […]