देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटारमा

  ।   २३ माघ २०७८, आईतवार १७:१९

२३ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवालाई भेट्न प्रचण्ड र ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । तीन नेताबीचको भेटमा एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी छन् ।

भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायतका बारेमा छलफल हुने सचिवालयले जनाएको छ ।

Next Post

को-को बन्दैछन् मन्त्री

२३ माघ २०७८, आईतवार १७:१९
कर्णाली प्रदेशको मन्त्रिपरिषदले आज पूर्णता पाउँदैछ। मुख्यमन्त्री जीवनबहादुर शाहीले सपथ खाएको तीन महिनापछि आज मन्त्रिपरिषदलाई पूर्णता दिँदैछन्। मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार आज बेलुका ७ बजे पाँच जना मन्त्रीहरूले सपथ लिँदैछन्। नेकपा (माओवादी केन्द्र)बाट दुई, नेपाली कांग्रेसबाट दुई र नेकपा (एकीकृत समाजवादी)बाट एकजना मन्त्री बन्दैछन्। नेपाली कांग्रेसबाट हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन […]