जुम्लामा उल्लासमय २७ औँ जनयुद्ध दिवस

  ।   १ फाल्गुन २०७८, आईतवार १९:५१

उमेश बुढा
जुम्ला,फागुन १।
जुम्लामा २७ औँ जनयुद्धको बर्षगाँठ उल्लासमय रुपमा मनाइएको छ । जिल्लाको एक नगरपालिका सहित ७ गाउँपालिकामा पर्वका रुपमा जनयुद्ध दिवस मनाइएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य,कर्णाली प्रदेश सभा सदस्य नरेश भण्डारी र जिल्ला समन्वय समितिका संयोजक बीरवहादुर कुँवरले जुम्ला सदरमुकाम खलंगामा रहेको सहिदहरुको शालिकमा अविरखादा लगाएर जनयुद्ध दिवस मनाए ।
नेपालमा जनयुद्ध शुरु भएको दिनको संम्झनामा मा जुम्ला प्रदेश क्षेत्र (ख) मा रहेका विभिन्न गाउँपालिका कमिटीले जनयुद्ध दिवस मनाएर जनताको हीतमा एकाकार भएर लाग्ने प्रतिबद्धता जनाए । देश र जनताको मुक्तिका लागि प्रारम्भ गरिएको जनयुद्धले देशमा संघीयता,समावेशी,समानुपातिक प्रतिनिधित्वका सन्दर्भमा संवोधन गर्दै समानताको आवाज बुलन्द गरेकोले यो दिनलाई ऐतिहाँसिक दिनका रुपमा हेरिदै आएको छ ।
शोषक,सामान्ती,अन्याय,अत्याचार,लुटपाट,दमन,भष्ट्रचार निवारण,जातिय छुवाछूत, लैङ्गकि हिंसा अन्त्य गर्न र गरिब जनताको मुक्ति ल्याउनको लागि जनताबाट युद्ध सुरु भएको थियो । कनकासुन्दरी गाउँपालिकाका इन्चार्ज सुर्यमणी हमालले राजतन्त्रलाई हटाएर गणतन्त्र ल्याउनको लागि देशका भरौटेहरु संग लडाई शुरु गरेको महत्वपुर्ण दिन भएको बताए ।
नेकपा माओवादी कनकासुन्दरी गाउँपालिका कमिटीले गुठिज्युला बजारमा नेता कार्यकर्ताहरुको भेला गराएर जनयुद्ध दिवस मनाएको थियो । नेकपा माओवादी केन्द्र सिँजा गाउँपालिका इन्चार्ज पुर्णप्रसाद धितालले नेपाली जनताको बर्गिय,जातीय,क्षेत्रीय र लैङगीक मुक्तिका खातिर नेपालमा जनयुद्ध शुरु भएको बताए । जनयुद्धको जगमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएकोमा जोड दिए । गाउँपालिका कमिटीले जनयुद्धमा लागेर महत्वपुर्ण योगदान पुर्याउने १५० जनालाई सम्मान पत्र दिएर सम्मानित गरेको थियो ।
सिँजा गाउँपालिकाले बाजागाजा सहित २७ औं जनयुद्ध दिवस मनाएको हो । यसैगरी तिला गाउँपालिकाले प्रत्येक वडास्तरमा जनयुद्ध दिवस मनाएको छ । वडास्तरमा नेता कार्यकर्ता भेला भएर एकआपसमा अविर लगाउने र शुभकामना आदानप्रदान गर्ने कार्य भएको इन्चार्ज मोतिलाल रोकायाले बताए । फागुन ६ गते गाउँपालिका स्तरमा जनयुद्ध दिवस धुमधामका साथ मनाउने तयारी भइरहेको इन्चार्ज रोकायाले बताए । तिलाको ८ वटै वडामा जनयुद्ध दिवस मनाइएको हो ।

जिल्लाको हिमा गाउँपाकिलामा ५ सय नेता कार्यकर्ता एकै ठाउँमा भेला भएर जनयुद्ध दिवस मनाइएको छ । बाजागाजा सहित उल्लासपुर्ण तबरले जनयुद्ध दिवस मनाएको इन्चार्ज लक्ष्मीकन्य बुढाले जानकारी दिइन । हिमा गाउँपालिकामा जनयुद्धमा लागेर भुमिगत जीवन बिताएका ३ सय जनालाई सम्मान पत्र प्रदान गरिएको थियो । सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो । बेपत्ता योद्धाको तत्काल खोजबिन गरेर सत्यतथ्य बाहिर ल्याउन आग्रह गरिएको थियो । जिल्लाको तातोपानी,गुठिचौर,चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिका स्थित माओवादी केन्द्रका गाउँ कमिटीले पनि धुमधामका साथ जनयुद्ध दिवस मनाएका छन ।

Next Post

एमसीसीविरुद्ध एकीकृत समाजवादी जुम्ला सडकमा

१ फाल्गुन २०७८, आईतवार १९:५१
नेकपा एकीकृत समाजवादी जुम्ला अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध सडकमा उत्रिएको छ । जुम्लामा सदरमुकाम खलंगामा विरोध प्रदर्शन गरिएको हो । नेकपा एकीकृत समाजवादी पार्टीको देशभर एमसीसीविरुद्धको आन्दोलनको कार्यक्रम तय भए अनुसार जुम्लामा पनि विरोध प्रदर्शन गरिएको हो । नेकपा एकीकृत समाजवादी पार्टी जुम्ला र समाजवादी पार्टी […]