जेष्ठ नागरिकलाई वडा सरकारको सम्मान

  ।   ६ फाल्गुन २०७८, शुक्रबार २३:०३

गोल्डेन बुढा,

जुम्लाको गुठिचौर गाउँपालिका ५ ले जेष्ठ नागरिकलाई सम्मान अभियान थालेको छ । वडामा रहेका जेष्ठ नागरिकलाई सम्मान स्वरुप हर्लिक्स र घ्यु दिइएको हो । गुठिचौर गाउँपालिका ५ का ७३ जना जेष्ठनागरिकलाई सम्मान गरिएको थियो । ७० बर्ष माथिका जेष्ठ नागरिकलाई गाउँपालिकाले सम्मान गरेको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले जानकारी दिए । एक व्यक्तिलाई दुई डिब्बा हर्लिक्स र पाँच सय ग्राम घ्यू दिइएको हो ।
वडा कार्यालयमा जेष्ठ नागरिकको भेला गराएर सम्मान गरिएको थियो । ७० वर्ष माथिका जेष्ठ नागरिकको स्वास्थ्यमा सुधार ल्याउने प्रमुख उदेश्य रहेको उनले जनाए । गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीको रोबहरमा पोषण खानेकुरा वितरण गरिएको वडा कार्यलयका प्राविधिक सहायक कर्मराज गिरीले बताए ।
गुठिचौर गाउँपालिका ५ का ८० बर्षिय कालीबहादुर महतले वडाले दिएको पोषिलो खानेकुराले राहत मिलेको बताए । उनले भने,’गाउँमै जेष्ठ नागरिकको सम्मान गर्ने सरकार पाएका छौँ । यसैमा खुसी छौँ । ‘ ७५ बर्षिया एकमाया धितालले हर्लिक्स र घ्यू उपलब्ध गराएको भन्दै स्थानीय सरकारलाई धन्यवाद दिइन् । स्वास्थ्य अवस्था कमजोर भएका जेष्ठनागरिकलाई स्वास्थ्यवद्र्धक उपहार दिएको भन्दै खुसीले गदगद भएको बताइन ।
पोषणका खानेकुरा वितरण गर्दै गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले जेष्ठ नागरिकको सम्मान सबैले गर्नुपर्ने बताए । सबै भोली जेष्ठ नागरिक हुने भएकोले स्याहारसुसार आवश्यक रहेकोे बताउँछन् । बालापनको उमेर र वृद्ध उमेर उस्तै उस्तै हुने भन्दै भण्डारीले खानपिन र सम्मान सत्कारमा कन्जुस्याइँ नगर्न अपिल गरेका छन ।

Next Post

जुम्लालाई अर्गानिक उत्पादनको केन्द्र बनाउन सुझाव

६ फाल्गुन २०७८, शुक्रबार २३:०३
गोल्डेन बुढा, जुम्लालाई अगौनिक जिल्ला घोषणा गरेको १४ बर्ष पुग्यो । तर अर्गानिक जिल्लामा रासयनिक बिषादीको प्रयोग हटेको छैन । न रासायनिक बिषादीको प्रयोग हटेको छ । नत अर्गानिक कृषिजन्य बस्तुको उत्पादन नै भएको छ । चन्दननाथ नगरपालिका २ का बरिष्ठ किसान रामकृष्ण बुढ्थापा जब सम्म रासयनिक बिषादीमुक्त जिल्ला बनाउन […]