कर्णालीमा जलस्रोत तथा उर्जा विकास मन्त्रालय किन ?

  ।   ४ चैत्र २०७८, शुक्रबार १२:१७

                                कर्णालीमा जलस्रोत तथा उर्जा विकास मन्त्रालय किन ?

  • प्रदेशस्तरको उर्जा, विद्युत, सिँचाई, जल उत्पन्न प्रकोप (नदि तथा पहिरो) व्यवस्थापन सम्बन्धी अध्ययन, अनुसन्धान, निती, कानून, मापदण्ड, गुरुयोजना, योजना तथा आयोजना निर्माण, कार्यान्वयन संचालन, मर्मत सम्भार, समन्वय र नियमन गर्ने । प्रदेशस्तरमा उर्जा विद्युत तथा सिँचाई सम्बन्धी सेवाको गुणस्तर र सेवा शुल्कको आधार निर्धारण र नियमन गर्ने ।
  • उर्जा, विद्युत, सिँचाई सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता र लगानी प्रवर्द्धन सम्बन्धी निती तथा मापदण्ड निर्धारण र नियमन गर्ने । राष्ट्रिय जलस्रोत निती र संघिय योजना बमोजिम प्रदेश सिमा नदिका जल उपयोग सम्बन्धी आयोजनाको पहिचान, निर्माण, संचालन, संभार र व्यवस्थापन गर्ने ।
  • प्रदेश भित्रको जलस्रोत उपयोग तथा नदी संरक्षण सम्बन्धी योजना तथा गुरुयोजना तर्जुमा कार्यान्वयन, अनुगमन र संचालनमा समन्वय गर्ने । प्रदेश भित्रको जलस्रोत उपयोग हुने आयोजनाहरुको अध्ययन, सर्वेक्षण, तयारी, कार्यान्वयन, अनुगमन र संचालनमा समन्वय गर्ने । प्रदेशस्तरमा जलाधार संरक्षण तथा जलउपयोग नितीको तर्जुमा तथा कार्यान्वयन, प्रविधी विकास र व्यवस्थापन गर्ने । मौसम र जलमापन संचार सञ्चाल व्यवस्थापन । जलगुण तथा वायूगण सम्बन्धी प्रयोगशाला व्यवस्थापन                                                                                                                                                                                                           Government of Nepal Logo                                                                                                                                              दीनबन्धु श्रेष्ठ

                                                                                                        मन्त्री,जलस्रोत तथा उर्जा विकास मन्त्री

Next Post

शुद्ध खानेपानीका लागि फिल्टर

४ चैत्र २०७८, शुक्रबार १२:१७
गोल्डेन बुढा, जिल्लाको गुठिचौर गाउँपालिकाले सुनौलो हजार दिनमा आमालाई लक्षित गर्दै फिल्टर उपलब्ध गराएको छ । कुनै पनि आमा र बच्चाले शुद्ध खानेपानीको उपयोग गर्न सकुन भन्ने हेतुले दुई बर्ष उमेर समुहका बालबालिका आमा र गर्भवतीलाई फिल्टर उपलब्ध गराएको हो । वहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत फिल्टर बाँडिएको गाउँपालिका अध्यक्ष हरीबहादुर […]