देशको अर्थतन्त्र उकास्न नीजि क्षेत्रको मुख्य भुमिका : उपाध्यक्ष ढकाल

  ।   ४ चैत्र २०७८, शुक्रबार २२:५४

गोल्डेन बुढा,

नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय अध्यक्ष तथा सार्क राष्ट्रका उपाध्यक्ष चण्डिराज ढकालले देशको अर्थतन्त्र उकास्न नीजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेको बताएका छन । उद्योग बाणिज्य संघ जुम्लाको १६ औ चुनावि साधारण सभालाई उद्घाटन गर्दै उपाध्यक्ष ढकालले कोरोना महामारीका कारण अर्थतन्त्र तहसनहस भएको बताएका हुन ।
तीन चरणको कोरोनाले नेपालको अर्थतन्त्र थलिएको छ । साना उद्योगी व्यवसायी उस्किने अवस्था छैनन् । सरकाले नीजि क्षेत्रप्रति सौतेनी व्यवहार गरिरहेको छ । सुलियत कर्जा पाएको अवस्था छैन् । बैंकिङ क्षेत्रमा तरलता बढ्दै गएको छ । उनले भने,‘यस्तो विषम परिस्थितीमा पनि देशको अर्थतन्त्र उकास्न नीजि क्षेत्रको मुख्य भुमिका छ । ’
उपाध्यक्ष ढकालले चुनावि साधारण सभाबाट साना उद्योगी व्यवसायिका तमाम समस्याहरु सम्बोधन गर्न सरकार संग साक्षात्कार गर्न सक्ने,लविङ,बहस छलफल गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनु पर्नेमा जोड दिए । ।
जुम्लाको स्याउ,सिमि,ओखर रैथाने बाली मार्सीचामल,जडिबुटी अझै पनि उचित मुल्य नपाएर कौडीको भाउमा विक्री भइरहेकोले उत्पादन बृद्धि,प्रशोधन तथा बजारीकरणमा जोड दिने आग्रह गरेका थिए । उपाध्यक्ष ढकालले भने,‘ आर्थिक श्रोतको पहिचान गरी त्यसलाई निरन्तरता दिनु आजको आवश्यकता हो । जसका लागि परिपक्क,अनुभवी तथा उद्योगी व्यवसायीका समस्या समाधान गर्ने व्यक्ति नेतृत्वमा आउनुपर्छ । अर्थतन्त्र र राजनीतिलाई समानन्तर रुपमा लैजानु सक्नुपर्छ ।’
बलियो अर्थतन्त्रबिना स्थायी राजनीतिको परिकल्पना गर्न नसकिने उनको भनाइ थियो । नीजि क्षेत्र आफ्नो क्षेत्रमा भएका स्रोत साधनको उपयोग गरेर अगाडि बढ्न समेत उनले आग्रह गरे । हामी आफ्नो स्थानमा भएका स्रोत साधनको उपयोग गरोँ,उनले भने,‘ स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न सकौँ । स्थानीयस्तरको स्रोतको परिचालन गर्न सकेमात्र यस क्षेत्रको विकासमा सहयोग पुग्नेछ । ’
देशको आर्थिक विकासका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर अगाडि बढ्नुपर्ने उनले बताए । कृषि क्षेत्रमा रहेको सम्भावनालाई उपयोग गर्न आवश्यक रहेको छ । उनले भने,‘नीजि क्षेत्रमा राजनीतिकरण हुन हुदैन । आर्थिक विकासका लागि अगाडि बढेको निजी क्षेत्रमा राजनीति हुन हुदैन । ’
जुम्लाको मार्सी धान र स्याउले मुलुकमा राम्रो छवि बनाएको छ । मार्सी र स्याउ जुम्लाको ब्रान्ड हो । यसको उत्पादन पर्यटन संग जोडनु पर्छ । उपाध्यक्ष ढकालले थपे,‘जिल्लाको आर्थिक स्तरमा टेवा पुग्ने छ ।’
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय जिल्ला तथा नगरकमिटी उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योग बाणिज्य संघ भनेको नीजि क्षेत्रको उत्थान गर्ने र आर्थिक समृद्धीको बहस गर्ने थलो भएका बताए । उनले गुटबन्दी गरेर राजनीति थलो बनाउन नहुनेमा जोड दिए ।
आर्थिक विकासका लागि नीतिगत सुधार हुन आवश्यक छ । नीजि क्षेत्रलाई अगाडि बढाउन र आर्थिक क्षेत्रको विकास गर्न आवश्यक छ । नीजि क्षेत्रको लगानी भित्र्याउन पूर्वाधार विकास, लगानीमैत्री वातावरण हुन आवश्यक छ ।उनले भने,‘उचित वातावरण भएमा मात्र लगानी भित्रिने छ । ।’
कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हेमराज ढकाल, उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम शाही,उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष निरक केसी सहितका वक्ताले जुम्लाको जल,जमिन,जडिबुटी,जंगल,रैथाने बालीको आर्थिक सम्भावनालाई अबसरमा बदल्न जुम्लाको नीजि क्षेत्रले परिणाममुखी काम गर्नुपर्ने सुझाव दिएका थिए ।
जुम्लाका राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुले जुम्लाको स्रोत परिचालन गर्न सक्ने र औधोगिक विकास,उद्योगीका समस्या समाधान र उत्थान गर्ने व्यक्तिलाई नेतृत्वमा आउनु पर्नेमा जोड दिए । जिल्ला समन्वय समिति जुम्लाका उपाध्यक्ष कार्मा बुढाले उद्योग बाणिज्य संघले उपभोक्ताको हितमा काम गरेको बताए । कोभिडको बेला पनि उपभोक्तालाई विभिन्न राहतका प्याकेज कार्यक्रम ल्याएको बताए ।
कोभिडका लागि क्वारेन्टिनका लागि भवन उपलब्ध गराएको थियो । प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई सुखी नेपाली,समृद्ध नेपालको राष्टिय आकाँक्षा पूरा गर्न आर्थिक समृद्दि बिना सम्भव नरहेको भन्दै उद्योगी व्यवसायिको हित संगै देशको अर्थतन्त्र विकासमा नीजि क्षेत्रको भुमिका फराकिलो बनाउन सरकार तयार हुनुपर्ने बताउँछिन् ।
कार्यक्रममा उद्योग बाणिज्यका संस्थापन अध्यक्ष पन्न बहादुर रोकाया सहित व्यवसायी उद्योगी थानेश्वर पोखरेल,गोविन्द शाही,माया नगरकोटि,मीन प्रसाद पौडेल,देवेन्द्रराज उपाध्याय,बलिराज शाही,डम्बर कुमारी खड्का,देउऋषि चौलागाईलाई सम्मान समेत गरिएको थियो ।
उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष तथा सल्लाहकार गोविन्द शाहीले उद्योग बाणिज्य संघले शुरुवातदेखि व्यवसायिका हितमा वलकात मात्र नभइ सामाजिक क्षेत्रमा उल्लेखीय काम गर्दै आएको बताए । प्रगती विवरण पेश गर्दै शाहीले हाल सम्म उद्योग बाणिज्य संघको नाममा सांग्रिला विकास बैंकमा ५५ लाख रुपैयाँ मुद्धती खातामा जम्मा रहेको उल्लेख गरे ।
नेपालकै उत्कृष्ट काम गरेको भन्दै चार पटक प्रधानमन्त्रीबाट जुम्ला उद्योग बाणिज्य संघ पुरस्कृत तथा सम्मानीत भइसकेको छ । उद्योग बाणिज्य संघ जुम्लाको १६ औँ चुनावी साधारण सभाबाट सहमतीकै आधारमा नयाँ नेतृत्व छान्ने प्रयास भईरहेको वर्तमान अध्यक्ष रज्जव अलिमनिहार बताउँछन् ।
समग्रमा आफ्नो कार्यकाल सफल रहेको भन्दै आउने अध्यक्ष लगायतको समितिले जुम्लाका उद्योगी व्यवसायिका समस्या समाधान तथा उपभोक्ताका अधिकार कार्यान्वयनमा जोडदिनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । हाल सम्म वर्तमान बरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटाले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । भने हाल सम्म अध्यक्ष पदका लागि देवकोटा बाहेक अन्यले उम्मेदवारी घोषणा गरेका छैनन् ।
यदपी,सहमतीकै आधारमा नयाँ नेतृत्व छनोट गर्ने कसरतमा जुटिरहेको जनाइएको छ । प्रत्यक तीन वर्षमा नयाँ नेतृत्व फेर्नुपर्ने विधान अनुसार जुम्ला उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयन गर्न लागिएको हो । शनिवार सम्म सकेसम्म सहमतीकै आधारमा नेतृत्व टुग्याइने पहल भइरहेको उद्योग बाणिज्य संघ जुम्लाले जनाएको छ ।

Next Post

धौलिगाड बृहत खानेपानी आयोजना नेपालको अर्को मेलम्ची : मन्त्री चौधरी

४ चैत्र २०७८, शुक्रबार २२:५४
नेपालको हिमालय क्षेत्रको सबैभन्दा ठुलो २७० किलोमिटर लामो धौलिगाड बृहत खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । संघीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले आयोजनाको शिलान्यास गरेका हुन । खानेपानी सरसफाई सबडिभिजन कार्यालय जुम्लाको मैदानमा उनले धौलिगाड खानेपानी आयोजनाको शिलान्यास गरेका हुन । मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना नेपालको अर्को मेलम्ची भएको […]