आगलागीबाट जुम्लामा एकै घरका तीन सहित चार जना बालबालिकाको मृत्यु

  ।   १० बैशाख २०७९, शनिबार ०६:४४

जुम्लाको तिला गाउँपालिका ३ सार्कीबाडामा आगलागी हुदा एकै घरका तीन सहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्ष १४ की तिसर्ना सार्की,बर्ष ११ की अनु सार्की,बर्ष ३ की दर्शना सार्की र बर्ष १ को दिपेश सार्की रहेका छन ।
स्थानीय मानसिंह सार्कीमा राति ११ बजेर २० मिनेटमा आलगागी भएको थियो । मृत्यु हुनेहरुमा तीन जना मानसिंहका छोराछोरी हुन । १४ बर्षिया तिर्सना सार्की मानसिंह सार्कीको भान्जी हुन । तिन चार दिन अघि उनी मामाको घरमा आएकी थिइन ।
मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षण अस्पताल जुम्लामा ल्याएको छ । आगो कसरी लागेको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । तीन तले घरको दुई तला पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
सदरमुकाम खलंगा देखि नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिइएको थियो । मानसिंहको परिवार राति कामको लागि घर बाहिर निस्केको र घरमा फर्कदा आगो लागेर घर जलिरहेको देखेको प्रहरीले जनाएको छ ।
मानसिंह नेपाली र निजको परिवार फागुनी सार्कि, वहिनी रुन्चकली सार्की बेहोस छन । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएकोछ । आगो निभाउनको लागि जिल्ला सुरक्षा समितीका संयोजक सिडिओ बिजयाकुमारी प्रसाई सहितको टोली घटनास्थलमा पुगेको थियो ।

Next Post

बालविवाह विरुद्धको अभियानमा चन्दननाथ नगरपालिका

१० बैशाख २०७९, शनिबार ०६:४४
जुम्ला — बालविवाह रोक्न जुम्लाको चन्दननाथ नगरपालिकाले अग्रसरता देखाएको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन थालेको हो । चन्दननाथ-९ का वडाध्यक्ष मीनबहादुर डाँगीले बालविवाह दिनानुदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘अब कानुनी रुपमा संयन्त्र निर्माण गरेर न्यूनीकरणमा सबै जुट्नु पर्ने बेला आएको छ ।’ बालविवाह सामाजिक अपराध भएकाले […]

सम्बन्धित