तिला १ मा प्रेमबहादुर बस्नेतको वडाध्यक्षमा दाबी कायमै

  ।   ९ बैशाख २०७९, शुक्रबार २१:०८

जुम्लाको तिला गाउपालिका १ मा युवा नेता प्रेमबहादुर बस्नेतको वडाध्यक्षमा दाबी कायमै रहेको छ । उनले वडाको समृद्धि र विकासको लागि आफ्नो दाबी कायमै रहेको बताएका हुन ।
वडाध्यक्षमा पहिले २० जनाले आकांक्षा देखिएका थिए । चार जनाले सहमतिमा छोडेपछि १६ जनामा अड्कीएको थियो । आकांक्षीको लिष्टमा नभएको व्यक्तिलाई दाबी गर्न लगाएर जबरजस्त छोड्न लगाएकोले अब आकांक्षीको संख्या दुइ जनामा केन्द्रीत हुन पुगेको छ ।
२०७४ सालको स्थानीयतहको निर्वाचनमा पराजित गाउपालिका अध्यक्षका उम्मेदवार जंगबहादुर बस्नेत (सुवास) र प्रेमबहादुर बस्नेतको मात्र उम्मेदवारीमा दाबी रहेको छ । दुई मध्येका एक प्रेमबहादुर बस्नेतले आफ्नो दाबी कायमै रहेको जानकारी दिएका छन ।
उनले भने,‘आकांक्षीको संख्या धेरै बनाएर बहुमत पुर्याएर अल्पमतमा पार्ने षडयन्त्र पनि भयो । तर वडाध्यक्षको दाबी कायमै रहेको छ । ’ उनले आफ्नो पक्षमा जनमत र युवाशक्तिको बर्चश्व देखिएकोले वडाध्यक्षको उम्मेदवारको टिकट आफुलाई पाउनु पर्ने बताए ।
उनको घर तत्कालिन नेकपा माओवादीले कब्जामा लिएका थिए । तीन तीन पटक प्रेमबहादुरका बुवालाई माओवादीले अपहरण पनि गरे । तर माओवादी केन्द्रको विरुद्ध कहिले लागेनन् । प्रेमबहादुरले भने,‘ हामी पार्टी बचाउन र माओवादी केन्द्रका एजेण्डा गाउ“मा स्थापित गर्न लागिरह्यौ“ । अहिले नराम्ररी पछार्न खोजियो । यो राम्रो भएको छैन ।
पृथ्वी गोलो भएकोले एक पटक पछार्ने पालो सबैको आउने उनको भनाइछ । वडाध्यक्षको टुंगो नलाग्दै टुंगिएको भन्दै हल्ला फिजाएपछि प्रेमबहादुरले वडाध्यक्षमा आफ्नो दाबी रहीरहेको जानकारी दिएका हुन ।

Next Post

आगलागीबाट जुम्लामा एकै घरका तीन सहित चार जना बालबालिकाको मृत्यु

९ बैशाख २०७९, शुक्रबार २१:०८
जुम्लाको तिला गाउँपालिका ३ सार्कीबाडामा आगलागी हुदा एकै घरका तीन सहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्ष १४ की तिसर्ना सार्की,बर्ष ११ की अनु सार्की,बर्ष ३ की दर्शना सार्की र बर्ष १ को दिपेश सार्की रहेका छन । स्थानीय मानसिंह सार्कीमा राति ११ बजेर २० मिनेटमा आलगागी […]