घरेलु हिंसा विरुद्धमा जुट्यो पातारासी

  ।   ५ असार २०७९, आईतवार २३:०७

गोल्डेन बुढा
जिल्लाको पातारासी गाउँपालिका घरेलु हिंसा विरोधी अभियानमा जुटेको छ । अपाङगता भएका व्यक्ति र महिला माथि हुने सबै प्रकारका हिंसा रोक्न लागि परेको हो । पालिका स्तरमा अभिभुखीकरण गर्ने र सचेतीकरणका माध्यमबाट सचेतना फैलाएर हिंसा न्युनिकरणमा जुटेको हो ।

नेपाल अपाङ्ग महिला सघं जुम्लाको आयोजना तथा पातारासी गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको साझेदारीमा हिंसा विरोधी क्रियाकलाप भइरहेको महिला बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिइन् ।
अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणमा सबैको एकमत छ,उनले भनिन्,‘ समग्र महिला नै लैङ्गिक विभेदको मारमा परिरहेको अवस्थामा विभिन्न प्रकारका हिंसा,यातनाबाट पीडित हुने र अवसरबाट वञ्चित हुने अवस्था निर्मुल गर्न लागि परेका छौं । बलात्कार तथा यौन दुव्र्यवहारको सिकार हुन नदिनको लागि सचेतना फैलाउदैछौं । ’

हिंसा न्युनिकरणका लागि बनाइएका कानुन र तिनको कार्यन्वयनको अवस्थाका बारेमा जानकारी दिइन्छ । अपाङ्गता भएका महिला विरुद्ध हुने गरेका हिंसा, बलात्कारका घटना बाहिर आउन सकेका छैनन् । आइहाले पनि उजुरी गर्न मान्दैनन् । जसकारण अदालतसम्म पुगेका घटना समेत पिडकको दबाब, परिवारलाई धम्की वा आर्थिक प्रलोभन देखाएर पनि पीडितले बीचमै छाड्ने गरेका थुप्रै घटना छन् ।

विशेष गरी पीडितले आफूलाई दरिलो गरी उभ्याउन नसक्नु, परिवारको सहयोग नपाउनु र उजुरी गरिसकेपछि पनि अदालती प्रक्रिया लामो, झञ्झटिलो र महंगो समेत हुनले हिंसामा परेका महिलाले न्याय पाउन सक्दैनन् । अपाङ्गता क्षेत्र वा अभियान सबै ठाउँमा सशक्त नहुने भएका कारण आवाज कमजोर हुनु र अन्य मानव अधिकार, महिला अधिकारका अगुवाहरूले समेत बेवास्ता गर्नाले, अपाङ्गता भएका महिलाका मुद्दा सरकारीवादी भएर पनि बेवास्ता गर्ने गरेको पाइन्छ । यी र यस्ता समस्याबारे जानकारी गराउनुका साथै सचेतता बढाउन जरुरत देखिएको प्रमुख गिरी बताउ“छिन् ।

पालिकामा बन्ने भौतिक सरंचना सबै अपाङ्गता मैत्री बनाइनुपर्ने,वडास्तर देखि पालिका सम्म अपांगता भएका व्याक्तीहरु सिपमुलक र आयआर्जनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिइएको छ । पातारासी गाउ“पालिका अध्यक्ष पुनसिंह बोहोराले सबै किसिमका महिला माथि हुने हिंसा अन्त्य गर्न महिलालाई सचेत बनाउनु आवश्यक रहेको बताए । गाउँपालिकाले अपांङगता भएका महिला हिंसा अन्त्य र महिला अधिकारका पक्षमा काम गर्न महिलाहरूको सशक्तिकरणका लागि आवश्यक बजेट विनियोजन गरिने बताए ।

महिला हिंसा अन्त्यका लागि महिलालाई सशक्तिकरण गर्ने र यस विषयमा नीति कार्यक्रम ल्याउन जोड रहनेछ । पातारासी गाउँपालिका ३ वडा अध्यक्ष गोविन्द्र रावतले अपांग मात्रै नभइ सबै महिलाहरुका लागि विशेष खालका कार्यक्रम गरिने बताए । समाजमा फरकक्षमता भएका व्याक्तीहरुलाइ गरिने व्यवहार र हेर्न दृष्टिकोण समान हुनुपर्ने बताए ।
अभिमुखीकरण कार्यक्रममा ३३ जनाको सहभागिता थियो ।

Next Post

धराप जस्तो कर्णाली सडक (तस्बीर सहित)

५ असार २०७९, आईतवार २३:०७
कर्णाली राजमार्गको जुम्ला खण्डस्थित चन्दननाथ नगरपालिका ७ उठिल्ले भिरमा गत असोजमा झण्डै ३० घनमिटरको ठुलो ढुंगा खसेको थियो । ढुंगा त खस्यो तर सडक सम्म पुगेन् । भिरको बिचमा अड्कीएर बसेपछि कर्णाली सडकको जुम्ला खण्डमा त्यो धराप जस्तै बन्यो । कतिबेला खस्छ ? के कति क्षति पुर्याउ“छ ? सबैको चिन्ताको […]