सुनमायाले जितिन् हङकङ ट्रेल च्यालेन्ज

  ।   २८ फाल्गुन २०७९, आईतवार ०८:२४

काठमाडौँ — नेपाली धावक सुनमाया बुढाले हङकङमा शनिबार भएको ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज’ को उपाधि जितेकी छन् ।

जुम्लाकी सुनमायाले महिलातर्फ ५० किलोमिटरको दौड ६ घन्टा १२ मिनेट २५ सेकेन्डमा पूरा गर्दै नया कोर्स रेकर्डसहित उपाधि जितेकी हुन् । त्यसक्रममा उनले खासै चुनौती बेहोर्नु परेन । चिनियाँ धाविक मी लिङ छु ६ घन्टा ४६ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् । हङकङकी की छुङ वोङ ७ घन्टा १३ मिनेट २१ सेकेन्डसाथ तेस्रोमा रहिन् ।

Next Post

पुलिस बनेर सपना भेटिन्, खेलाडी बनेर सफलता

२८ फाल्गुन २०७९, आईतवार ०८:२४
काठमाडौं । जुम्लाको सिंजा क्षेत्रमा जन्मिएकी राजपूरा पछाई बुझ्ने भएदेखि नै फौजी बन्ने सपना जप्न थालेकी थिइन् । सशस्त्र द्वन्द्वले सबैभन्दा प्रभाव पारेको कर्णालीको सामान्य परिवारमा हुर्किएकी उनलाई पुलिसको बर्दीले आकर्षित गरेको थियो । एथलेटिक्समा लामो दूरीकी प्रतिभावान खेलाडीको पहिचान बनाउन उनको पुलिस बन्ने सपनाले मुख्य भूमिका खेलेको छ । […]