आज सबै प्रदेशमा वर्षाको सम्भावना

  ।   २७ असार २०८०, बुधबार ११:०८

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान कोशी तथा मधेश प्रदेशका ‍थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Next Post

माओवादी केन्द्रले भन्यो- सीता दाहालको निधनबाट अपूरणीय क्षति

२७ असार २०८०, बुधबार ११:०८
२७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले सल्लाहकार सीता दाहालको निधनबाट पार्टीमा अपूरणीय क्षति पुगेको जनाएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको आज बिहान ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको थियो । माओवादी केन्द्रका महासचिव देव गुरुङले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘सीता […]