परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

  ।   ३ माघ २०७७, शनिबार २०:५१

काठमाडौँ — भारतको तीनदिने औपचारिक भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । मन्त्री ज्ञवाली शनिबार अपरान्ह नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्किएका हुन् ।

भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार भएको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका थिए ।

ज्ञवालीले स्वदेश फर्किनुअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्नका लागि प्रयास गरे पनि सफल भएन । त्यसअघि मन्त्री ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरे भने शनिबार नै नेपाली दूतावासमा भारतीय पत्रकारहरुसँग अन्तरक्रिया गरेका थिए । त्यहाँ उनले नेपालले सुगौली सन्धिलगायत ऐतिहासिक प्रमाणका आधारमा नयाँ नक्सा प्रकाशित गरेको दाबी गरेका थिए ।

त्यस्तै शुक्रबार परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत स‌ंयुक्त आयोगको बैठक सम्पन्न भएको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए भने भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयश‌ंकरले गरेका थिए ।

Next Post

चन्दननाथ नगरपालिका र व्यवसायीबीचको जुहारीले यात्रुलाई सास्ती

३ माघ २०७७, शनिबार २०:५१
जुम्लामा चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीचको जुहारीले यात्रु अलपत्र परेका छन् । व्यवसायीले अनिश्चितकालिन यातायात सेवा बन्द गरेपछि यात्रु अलपत्र परेका हुन । जिल्लामा माघ महिनाको १ गते देखि सवारीसाधन चलेका छैनन । नयाँ बसपार्क सञ्चालनका विषयमा चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीच विवाद हुँदा यातायात बन्द भएको हो । नगरपालिकाले […]