युगान्डाको राष्ट्रपतिमा मुसेभेनी पुनः निर्वाचित

  ।   ३ माघ २०७७, शनिबार २२:०५

राष्ट्रपति योवेरी मुसेभेनी युगान्डाको राष्ट्रपतिमा पुनः निर्वाचित भएको निर्वाचन आयोगले शनिबार घोषणा गरेको छ ।

आयोगका अध्यक्ष तथा न्यायाधीश साइमन ब्याबाकामाले जनवरी १४ मा सम्पन्न निर्वाचन परिणाम अनुसार मुसेभेनीले खसेको कूल मतसङ्ख्याको ५८.६४ प्रतिशत मत प्राप्त गरेको शनिबार निर्वाचन परिणाम सार्वजनिक गर्न आयोजना गरिएको एक कार्यक्रममा औपचारिक घोषणा गरे ।

नयाँ कार्यकालका लागि निर्वाचित वर्तमान् राष्ट्रपति मुसेभेनीको निकटतम प्रतिद्वन्द्वी बोबी वाइन भनिने रोबर्ट क्यागुल्यानीले ३४.८३ प्रतिशत मत पाएका थिए ।

राष्ट्रपतिमा तेस्रो स्थानमा प्रजातान्त्रिक परिवर्तन पार्टीका नेता तथा विपक्षी नेता प्याट्रिक अमुरियटले जम्मा ३।२४ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

सन् १९८६ देखि युगाण्डाको सत्तामा रहँदैआएका म्यूसेभेनीको जीतले उनको शासनलाई अर्को पाँच बर्षका लागि वैधानिकता दिएको छ । एजेन्सी

Next Post

चार न्यायाधीशहरुलाई आफूले भेटेको प्रमाणित गर्न प्रधानमन्त्री ओलीको चुनौति

३ माघ २०७७, शनिबार २२:०५
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको बताएका छन्। शनिबार ओली पक्षीय नेकपाको प्रदेश १ ले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् विघटनको मुद्दालाई हेरिरहेका चार जना न्यायाधीशसँग आफूले भेटेको भनेर गलत प्रचार गरिएको बताए। ‘फलानो–फलानो न्यायाधीश प्रधानमन्त्रीकहाँ […]