भालुको आक्रमणबाट चौकीदार महिलाको मृत्यु

  ।   ६ कार्तिक २०७८, शनिबार १९:१६

जुम्ला,कात्तिक ४।
जुम्लामा भालुको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । तातोपानी गाउँपालिका ५ लाम्रा गाउँकी ५५ बर्षिया रुदा डाँगीको भालुको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले भालुको आक्रमणबाट महिलाको मृत्यु भएको बताए । मृतक महिला गाडापारी सामुदायिक वनको चौकीदार थिइन ।
वनको रेखदेख गर्न गएको बेला मध्यान्ह १२ बजे भालुले आक्रमण गरेको स्थानीय बताउँछन । मृतक महिलाको शव पोष्टमार्टमका लागि कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिएको छ । स्थानीय सुर्य डाँगीले एक्कासी जंगलतिर मान्छे कराइरहेको आवाज सुनिएको बताए । बिहान मान्छे कराएको आवाज आएको थियो, उनले भने,’‘दिउँसो भालुले आक्रमण गरेर भालु मारीसकेको खबर प्राप्त भयो ।’
भालु दुइदीन देखि गाउँ नजिकैको जंगलमा कराइरहेको थियो । शुक्रवार तातोपानी धारा नजिकैबाट जंगल तिर गएको स्थानीय बताउँछन । गाउँमा दिनदहाडै भालु प्रवेश गर्न थालेपछि स्थानीय त्रासिद छन । भालुले आक्रमण गरेर मान्छे मारेको क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । तर भालु भागिसकेको स्थानीयले जनाएका छन ।
अर्का स्थानीय पुणर्प्रसालद चौलागाइले महिला संधैं वनतिर जाने गरेको बताउँछन । उनी वन फडानी गरेको थाहा भएपछि विहानै वनतिर गएकी थिइन, चौलागाइले भने,‘एक्कासी भालुले आक्रमण गर्यो । । उनको मृत्यु भयो । अहिले गाउँमा त्रास फैलिएको छ । ’
वनको चौकिदार डाँगीलाई भालुले आक्रमण गरेको खेतमा धान भित्र्याउन गएका किसानले थाहा पाएका थिए । उनीहरुका अनुसार भालु संगै दुइ बच्चा छन । भालुले गाउँबाट जंगल चराउन लिएको गाइ समेत मारेको थियो । भालु पानी पिउन खोला तिर आउदै गरेको अवस्थामा जम्काभेट भएको थियो ।
भालुको आक्रमणबाट मुत्यु भएकी डाँगीलाई कणर्ाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पोष्टमार्टमको लागी कणर्ाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याएको छ । पछिल्लो समयमा भालु गाउँवस्तीमा झरिरहेको छ । यसअघि गुठिचौर गाउँपालिका दामदासे देखि सदरमुकाम खलंगा आउदै गरेका एकजनालाई भालुले आक्रमण गरेर मारेको थियो । जुम्ला सदरमुकाम खलंगा भित्र भालु पसेर दुइ जनालाई आक्रमण गरेको थियो । आहराको खोजीमा भालु गाउँवस्तीतिर झर्ने गरेको पाइएको डिभिजन वन कार्यालय जुम्लाले जनाएको छ ।

Next Post

फोनबाटै टिकट बुकिङ हुँदा सर्वसाधारण मर्कामा

६ कार्तिक २०७८, शनिबार १९:१६
गत भदौ १३ गते जुम्ला विमानस्थलमा बसेको बैठकले विमानस्थलमा हुने अनियमितता र अपारदर्शीता रोक्न चार वटा निर्णय गर्यो। टिकट वितरण प्रर्णालीलाई पारदर्शी बनाउन पहिलो आउनेले पहिलो सेवा पाउने गरी लकबुक बनाउने, अनलाइन टिकटको लागि पहल गर्ने, यहाँ चल्ने जहाजले नागरिक उड्ययन प्राधिकरणको उडान तालिकाअनुसार उडान भर्ने र हरेक जहाजको कार्यालय […]

सम्बन्धित