नरेश भण्डारी : कर्णालीको आशा र भरोसा

  ।   ५ माघ २०७७, सोमबार ०९:००


‘म जुम्लाबासी सामु निकै ठुलो उपहार ल्याउने तयारीमा छु । तर अहिले सार्वजनिक गर्दिन् । त्यो उपहार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा ठुलो हुनेछ । ’ जुम्लामा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले  एक सार्वजनिक कार्यक्रममा बोलेको यो वाक्यले निकै चर्चा पाएको छ । चिया चौतारो देखि गाउँबस्तीमा यो वाक्यका बिषयमा छलफल भइरहेको देखिन्छ । त्यो के उपहार होे ? त्यो उपहारले जुम्लामा के गर्ने हो, यस्तै कौतुहलता सबत्र छन् ।
२०६४ सालमा संविधान सभाको निर्वाचनमा अत्यधिक मत ल्याएर जितेका भण्डारीले संसदबाट ऐन दर्ता गराएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जन्म गराए । अहिले रोगले ग्रसित कर्णालीले डक्टरी पढाउन थालेको छ । चिकित्सकको अभावमा मृत्यु शैयामा छटपटाइरहेका कर्णालीबासीले सस्तो सुलभ मुल्यमा उपचार पाइराखेका छन् । रोजेर चिकित्सकको उपचार सेवा लिइरहेका छन् । यो भन्दा खुसि केही हुन सक्दैन् ।
कर्णालीमा जागिर खान आउन नमान्ने सुगमका डक्टर हिउँद बर्ष खटिएर सेवा दिइरहेका छन् । कर्णाली दुर्गमताका कारण ठगिएको होइन् । गरिबी पनि छैन् । तर सही दृष्टकोण भएको नेतृत्व नहुनुले सास्ती खेपिरहेको रहेछ भन्ने प्रमाण भण्डारीले दिएका छन् । उनी अधिकांस समय जुम्ला जादैनन् । प्रदेश राजधानीमै हुन्छन । जब जुम्ला पुग्छन् । नयाँ कोशेली लिएर पुग्छन् । नयाँ उत्साह,जोश, जागर र उमंग लिएर मात्र पुग्छन् । मन्त्री भण्डारी जुम्ला आइपुग्ने खबर सुन्ने जति जुम्लाबासी विमानस्थलमा स्वागतमा आइपुग्छन् ।
उनले दोस्रो संविधान सभाको निर्वाचनमा भाग लिएनन् । बैध निकट माओबादीमा सहभागि भएकोले निर्वाचन बहिस्कार अभियानमा थिए । त्यो समयमा देशभर केही भएन । तर उनले नेतृत्व गरेको जुम्लामा मतदान केन्द्रबाटै मतपेटी खोसेर खोलामा बगाइयो । देशभर नरेश भण्डारी नामले चर्चा पायो । नेता भण्डारी पक्ष विपक्ष, सत्ता र सडक जहाँ रहेपनि जनताको हकहितलाई सर्वोपरी ठानेर योजना बनाउँछन् । त्यो उनको महान कुशलता हो । त्यो कुशलताको परिणाम जुम्लाबासीले देखिसकेका छन् । जनता पनि नेता भण्डारीलाई निकै रुचाउँछन् । जुम्लामा जनताको हकहितका लागि सबैभन्दा मेहनत र सही दृष्टकोण दिनसक्ने नेता भण्डारी नै हो । जनताले जस्तोसुकै जोखिम परिस्थितीमा पनि जिताउने नरेश भण्डारीलाई नै हो ।
अहिले काँग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, नेकपा भित्र, घनश्याम भुसाल,योगेश भट्टराई संग प्रतिष्प्रर्धा गर्न सक्ने कर्णालीको एक्लो युवा नेता भण्डारी नै हो भन्दा फरक नपर्ला । राम्रो काम गर्ने गर्ने जनप्रेमी नेतालाई पार्टीले पनि क्षमता अनुसारको अवसर प्रदान गर्नुपर्छ ।
आन्तरिक मामिला मन्त्रालय समालिरहेका भण्डारीले अहिले कानुन निर्माणको कामलाई तीब्रता दिइरहेका छन् । साथै आफ्नो गृह जिल्लाको विकासमा पनि दत्तचित्त भएर लागिरहेका छन् । उनको पहलमा जुम्ला डोल्पा सडकमा स्तरउन्नतीको कार्य हुदैँछ । पातारासी गाउँपालिकामा चुकेनी जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ । अरबौँ रुपैयाँको धौलिगाड वृहत खानेपानी आयोजनाको काम टेण्डर प्रक्रियामा छन । यो पानी चन्दननाथ, तातोपानी र तिलामा समेत पुग्नेछ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक भण्डारी नै हुन् । तिला गाउँपालिकाको तत्कालिन घोडेमहादेव गाविसमा हावाबाट बिजुली निकाल्नको लागि पहल भइरहेको छ । डिपिआर तयार भइसकेको छ । टेण्डर प्रक्रियामा छ । सिँजा क्षेत्रमा एक ठुलो काम गर्न थालेको छन् । कुडारी हुदैँ जाजरकोट जाने सडकलाई प्रदेश गौरवको आयोजनाका रुपमा अघि बढाएका छन् । भण्डारीमा कसैको आलोचना नगर्ने,आफ्नो क्षमताका आधारमा निर्णय लिने र जनताको कामलाई नै प्राथमिकता दिने क्षमता छ ।
राज्य व्यवस्था फेरि, राज्य व्यवस्था संगै जनप्रतिनिधि सांसद फेरिए । तर कर्णालीको मुहार फेरिएन । तर नेता भण्डारी जब जनप्रतिनिधि भए । त्यहाँ देखि यहाँका स्वास्थ्य,शिक्षा, विकास निर्माणका क्रियाकलापले गति लिए । फलस्वरुप कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक नमुना उदाहरण हो ।
अबको नेतृत्व जनताको माग संवोधन गर्न सक्ने हुनुपर्छ भन्ने उदाहरण हुन नरेश भण्डारी । साना टुक्रे योजनामा भण्डारीको ध्यान कहिलै गएन । ठुला दिर्घकालिन प्रभाव पार्न सक्ने योजना छनौटमा ध्यान दिन थाले यो नै जनताप्रतिको वफादारिता हो । चाँदिको घेरा नामको पुस्तक प्रकाशन गरेका भण्डारीले पुस्तकमा आफ्नो अद्भुत क्षमता प्रदर्शन गरेका छन् ।
साहसी, निडर स्वभावका नेता भण्डारी आफ्नो योजना गुणस्तरीय र समयमै सम्पन्न होस भन्ने चाहन्छन । त्यसैले राम्रो काम गर्नेलाई राम्रो भनौँ, नराम्रो काम गर्नेलाई नराम्रो भनौँ, यसैमा जुम्लाबासीको हित छ ।

 

 

Next Post

निर्वाचन तयारीमा सघाउन दलहरूलाई आग्रह

५ माघ २०७७, सोमबार ०९:००
निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा सघाउन सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेको छ। आयोगले आइतबार प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने ११ वटा राजनीतिक दलसँग छलफल गर्दै निर्वाचनका लागि माघ १५ गतेदेखि हुने मतदाता नामावली अद्यावधिक गर्न र मतदान केन्द्र स्थल, केन्द्र निर्धारणमा […]