२४ घण्टामा ३१८ संक्रमित थपिए, ३८३ कोरोनामुक्त

  ।   ७ माघ २०७७, बुधबार १९:४३

काठमाडौँ — पछिल्लो २४ घण्टामा बुधबार थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६८ हजार ३ सय १० संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३८३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार ६ सय ९३ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २६ हजार ७ सय २६ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय ७२ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७५ जना रहेको छ ।

Next Post

मुगुका १ सय ८ जना बालबालिकामा गम्भीर कुपोषण

७ माघ २०७७, बुधबार १९:४३
मुगु — जिल्लाका १ सय ८ जना बालबालिकालाई गम्भीर किसिमको कुपोषण रोग देखा परेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयको चालु आर्थिक वर्ष अन्तर्गत ६ महिनाको तथ्यांक अनुसार गत साउनदेखि पुस महिनासम्म जन्मेको ६ महिना माथिका र ५ वर्ष मुनिका ६६ जना बालिका र ४२ जना बालकलाई गम्भीर कुपोषण रोग […]