स्वास्थ्य सुरक्षा सामाग्री लिएर गाउँमा सिडिओ

  ।   २६ जेष्ठ २०७८, बुधबार १५:४१

जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापा स्वास्थ्य सामाग्री लिएर गाउँमा बनेको आइसोलेसन सेन्टर र कोभिड अस्पतालमा पुगेका छन् । उनले तातोपानी गाउँपालिकामा आइसोलेसन सेन्टर, आइसोलेसनमा बसेका संक्रमित र कोभिड अस्पतालको अवस्था बुझेर गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेका हुन ।

उनी स्वास्थ्य सुरक्षाका सामाग्री सहित आइसोलेसन सेन्टरमै पुगेका थिए । प्रमुख जिल्ला अधिकारी थापा स्वास्थ्य सामाग्री सहित पुग्दा स्वास्थ्यकर्मी खुसि देखिन्थ्ये । संक्रमितले निकै भरोसा मानेका थिए । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी थापाले पिपिइ र गमबुड २० सेट ,सेनिटाइजर ३० बोतल,सेनिटाइजर गेलेन ५ गेलेन,मास्क एन नाइन्टीफाइभ ५० पिस,सर्जिकल मास्क ५० बक्स,एलआर थर्ममिटर ५ पिस,फेस शिल्ड ८० पिस,लुज ग्लोब्स ५ पाकेट,सर्जिकल ग्लोब्स ५ पाकेट, सोडिएम हाइडोक्लोराइड सोलुसन ३ गेलेन,सेनेटरी प्याड १० पिस र अक्सीमिटर ४ पिस तातोपानी गाउँपालिकालाई बुझाएका हुन ।


स्वास्थ्यकर्मीलाई उनले भने,‘ढुक्क संग संक्रमितको उपचार र निगरानी गर्नुस । आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउँछौँ । ’ अहिले तातोपानी गाउँपालिकाका दुई वटा आइसोलेसन सेन्टरमा ४७ जना संक्रमित छन् । उनीहरु सबैको अवस्था सामान्य छ । चार जना होमआइसोलेसनमा छन । १९ जना निको भएर घर फर्किसकेको स्वास्थ्य शाखा तातोपानीले जनाएको छ ।
जिल्लाको तातोपानी गाउँपालिकाको लाम्रा स्थित आइसोलेसन सेन्टर र कोभिड अस्पताल र राँका गाउँ स्थित आइसोलेसनमा पुगेर संक्रमितको उर्जा थप्ने कार्य गरेका हुन । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘यो कठिन अवस्थामा संक्रमिलाई हौसला र भरोसा आवश्यक छ । त्यही भरोसा दिन आइसोलेसन सेन्टरमा पुगेको छु । ’ उनले आइसोलेसनमा रहेका संक्रमितलाई व्यवस्थापन र स्वास्थ्य निगरानीको बारेमा बुझेका थिए ।


संक्रमितले स्थानीय सरकारले राम्रो व्यवस्थापन गरेको प्रतिक्रिया दिएका थिए । उनीहरुले आइसोलेसनको व्यवस्थापन र जनप्रतिनिधि र कर्मचारीको खटनपटन प्रति खुसि पोखे । आइसोलेसन सेन्टरमा पुगेका प्रजिअ थापाले संक्रमितलाई समस्या के छन ? भनेर सोधेका थिए । संक्रमितले जवाफमा सन्तुष्ट रहेको बताए । उनले नियमित स्वास्थ्यजाँच भइरहेको र अक्सिजनको मात्रा चेक भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी थापाले दुई पटक संक्रमित भइसकेकोले आफ्नो अनुभव समेत आदान प्रदान गरेका छन । उनले भने,‘तातो झोलिलो पदार्थ खानुहोला ।तातोपानी पिउनु होला । शारीरिक व्यायम गर्नुहोला । स्वास्थ्यकर्मी तथा चिकित्सकले दिएको सुझावको पालना गर्नुहोला । कोराना ढुक्कले जितिनेछ । ’
जुम्लाका स्थानीयतहले बनाएका आइसोलेसन र कोभिड अस्पतालको पटक पटक अनुगमन गरेर संक्रमित र चिकित्सकको मनोबल उचो बनाउने कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । उनले भने,‘संक्रमितलाई हतोत्साहित हुन दिनुहुदैन । पटकपटक स्वास्थ्यकर्मीको निगरानी चाहिन्छ । मानसिक अवस्था सन्तुलन राख्नका लागि मनोपरामर्श सेवाआवश्यक हुन सक्छ । यो कार्यमा स्थानीय सरकार जिम्मेवार हुनुपर्छ ।


जुम्लाको एक नगरपालिका सहित सात वटै गाउँपालिकामा सिडिओ थापाले आफै आइसोलेसन सेन्टर निर्माण व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको बिषयमा अनुगमन गरिसकेका छन । पहिलो लहरको बीचमा आउँदा निकै दौडधुप गरे । प्रमुख जिल्ला अधिकारी थापा निकै खटिए । दोस्रो लहरमा पनि कोरोना मैदानमा निकै खटिएका छन । आफु दुइदुई पटक संक्रमित भइसक्दा समेत कोरोना संक्रमितको सेवामा अनबरत लागि परेका छन ।
प्रमुख जिल्ला अधिकारी थापा संग जिल्ला प्रहरी प्रहरी प्रमुख डिएसपी दानबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख एसपी गगन श्रेष्ठ सहभागि थिए । जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी पनि सो टोलीमा थिए । तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेबी उपाध्यायले संक्रमितलाई आइसोलेसन सेन्टर सम्म ल्याउनु चुनौति भएको बताइन् । उनले भनिन्,‘गाउँपालिकाले सके सम्मको व्यवस्थापन गरेको छ । कोरोना संक्रमण फैलनन नदिनको लागि सचेतना फैलाउनुका साथै संक्रमितको उचित हेरबिचारका लागि जिम्मेवार रहेको छ । ’
प्रमुख जिल्ला अधिकारी थापाले गाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न जरुरी देखिएको बताए । गाउँमा रोपाइँ चलेको छ । उनले भने,‘हरेक रोप्नेरीलाई मास्कको व्यवस्थापन गर्नु पर्ने देखिन्छ । दुरी कायम गरेर खेत रोप्ने व्यवस्थापन स्थानीयतहले मिलाउनु पर्ने देखिन्छ ।’
प्रमुख जिल्ला अधिकारी थापाले लकडाउनको अवस्था अवलोकन समेत गरेका थिए । उनले संक्रमित संग सम्पर्कमा रहेका सबैको कन्टयाक्ट ट्रेसिङ गर्न सुझाव दिए । एक दुइ दिन भित्रै कन्टयाक्ट ट्रेसिङ र टेस्टिङको कार्य हुने स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाइँले जानकारी दिए ।

Next Post

निषेधको राजनीति बदर गरौँ,चुनौतिलाई अवसरका रुपमा लिउँ : सांसद भण्डारी

२६ जेष्ठ २०७८, बुधबार १५:४१
नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य नरेश भण्डारीले निषेधको राजनीतिलाई बदर गर्न आग्रह गरेका छन । उनले कठिनपुर्ण घडिमा एकले अर्कोलाई सहयोग गर्नु पर्ने बेला आइपुगेको बताए । कर्णालीको प्रदेश सभालाई संवोधन गर्दै सांसद भण्डारीले दुधले नुहाएको कोही नभएको भन्दै कमजोरीलाई सच्याउँदै चुनौतिलाई अवसरमा परिणत गर्न […]