कविताबाट बलात्कारको बिरोध

  ।   ३० आश्विन २०७७, शुक्रबार २१:१९

सुर्खेतः सुर्खेतमा कविता बाचन गरेर बलात्कारका घटनाको बिरोध गरिएको छ । बलात्कारका घटनाको न्यूनिकरण र बलात्कारीलाई कानूनी कारबाहीको माग गर्दै शुक्रबार युवाहरुले कविताबाट बलात्कारका घटनाको बिरोध जनाएका हुन् ।

द ह्युमनिटेरिएन्स नेपाल, द परिवर्तन युवा समूह नेपाल र द नेष्ट टार्गेटले आयोजना गरेको कार्यक्रममा ऋषि शर्मा, टीका पाण्डे, विज्ञान राज, आदर्श, सुवाशी योगी, उमेश तिवारी र कपिलनाथ योगीले कविता बाचन गरेको थिए ।

तनाव छ जिन्दगी, ९९३ रेसिङ टिम र आरुष क्रियसनको सहकार्य भएको कवितात्मक बिरोध कार्यक्रममा अनिश ढकाल, सुस्मा गिरी, समिर राना र रोशनी सिंहले बलात्कारीलाई हदैसम्मको कानूनी सजाय हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रम कपिल नाथ योगीले सञ्चालन गरेका हुन् ।

Next Post

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिम चरणमा

३० आश्विन २०७७, शुक्रबार २१:१९
काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो। निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि […]