सडक बनाउन घरटहरा भत्काउन थाले नाग्मबासी

  ।   २० माघ २०७७, मंगलवार १८:२५

सरकारले सडक चौडा बनाउने भएपनि जुम्ला कालिकोटको सिमानामा रहेको नाग्मबजारबासीले आफ्ना घरटहरा भत्काउन थालेका छन् । उनीहरुले बजारको दिर्घायुका लागि आफुले निर्माण गरेका संरचना भत्काउन तयार रहेको बताएका हुन् ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारी सडक चौडा हुने जानकारी दिएपछि स्थानीयले आफ्नो घरटहरा भत्काउन सहमत भएको बताउँछन् । जुम्ला, कालीकोट र मुगुको ट्रान्जिट प्वाइन्ट नाग्मबजार हो । यहाँको विकास अनिवार्य बनेको छ । यही बजारको दिर्घकालिन विकासका लागि चौडा सडक बनाउन थालिएको हो । सडक डिभिजन प्रमुख भण्डारीले भने,‘यस ठाउँमा जनघनत्व बढ्दै जानु र सडक साँघुरो हुँदा जोखिम बढेको छ । जोखिम क मगर्न र व्यवस्थित बजार निर्माणका लागि चौडा सडक बन्न थालेको हो । ’
सडक चौडा बनाउन कालीकोटका निवर्तमान प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र बजार व्यवस्थापन समितिका पदाधिकारीबीच समन्वय भएको थियो । सोही सहमति अनुसार स्थानीय आफ्ना घरटहरा भत्काउन राजी भएका हुन ।
सडकको मध्ये भागदेखि साढे ७÷७ मिटर दायाँबाँया सडक चौडा बनाउने उद्देश्यका साथ निर्माण भएका भौतिक संरचना भत्काउन थालिएको छ ।
कालीकोटको तिला गुफा नगरपालिका वडा नम्बर १ मा पर्ने ३ जिल्ला जोड्ने केन्द्रबिन्दु नाग्म बजार कालिकोट र जुम्लाको सीमावर्ती क्षेत्र पनि हो । कर्णाली राजमार्गको कालीकोट, जुम्ला र जुम्लाको सिंजा हुँदै मुगुको केन्द्रबिन्दु पनि नाग्म बजार नै हो ।
यो बजारमा जथाभावी भौतिक संरचना निर्माण हुँदा सडक साँघुरो हँुदै गएको थियो । साँघुरो सडकमा निर्माण सामग्री थुपार्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि सडक चौडा बनाउन नाग्मबासीले आफंैले निर्माण गरेका भौतिक संरचना भत्काउन थालेका हुन् ।
भौतिक संरचना भत्काईसकेपछि ३ सय मिटर लम्बाइ र १० मिटर चौडाइ सडक कालोपत्रे गर्ने तयारी सुरु भएकोछ । यहाँको सडक चौडा बनाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाबाट १ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सडकको १ साइटमा ढल निकासका लागि नाला पनि निर्माण गरिनेछ ।

Next Post

जुम्लामा चल्ने सवारीमा नयाँ भाडादर निर्धारण

२० माघ २०७७, मंगलवार १८:२५
जुम्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीसाधनको नयाँ भाडादर निर्धारण गरिएको छ । यातायात व्यवसायीले मनपरी रुपमा भाडा अशुलिरहेको गुनासो आएपछि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले नयाँ भाडादर निर्धारण गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले जेष्ठ नागरिक ,अपाङ्गता भएका व्यक्ति,महिला आरक्षण सिट र छुटको व्यवस्था प्रभावकारी रुपमा कार्यन्वयन […]