गृह मन्त्रालयद्वारा ५२ जना सीडीओको सरुवा (सूचीसहित)

  ।   १४ फाल्गुन २०७७, शुक्रबार १८:२३

गृह मन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको हेरफेर गरेको छ। गृह मन्त्री राम बहादुर थापाको निर्णयअनुसार २५ जना सहसचिव र २७ उपसचिवको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयकाअनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे पाल्पा सरुवा भएका छन्। यस्तै, बागलुङका सीडीओ सुरेश न्यौपाने सिन्धुली सरुवा भएका छन्।  गृहमन्त्रालयमा कार्यरत शालिग्राम शर्मा पौडेललाई जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ। यस्तै गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई महोत्तरी सरुवा गरिएको छ।

हेर्नुहोस् सरूवा सूची :

प्रकाशित: १४ फाल्गुन २०७७ १७:३८ शुक्रबार

Next Post

कालीमार्सी धान खरिद अन्योलमा

१४ फाल्गुन २०७७, शुक्रबार १८:२३
विश्वकै सबैभन्दा उच्च स्थानमा फल्ने धान कालीमार्सी मापदण्ड अनुसारको नभएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद प्रक्रिया रोकेको छ। माघ २५ गते सूचना जारी गर्दै शुद्ध कालीमार्सी धान र चामल ल्याउन कम्पनीले किसानलाई आग्रह गरेको थियो। मार्सी चामल र धान खरिद गर्ने कुराले जुम्लाबासी उत्साहित थिए। गाउँमै चामल र […]