योजना आयोगको उपाध्यक्षमा पुनः कँडेल नियुक्त

  ।   ६ जेष्ठ २०७८, बिहीबार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेलसहित सदस्य डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।

पुनःनियुक्तिपश्चात आज विहिबार सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपीशर्मा ओलीसमक्ष सपथ कँडेलले सपथ ग्रहण गरेका छन् ।

सपथ ग्रहण पश्चात उपाध्यक्षले कँडेलले राष्ट्रिय योजना आयोगमा पदभार ग्रहण गर्दै ११ वटा स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरेका छन् ।

Next Post

प्रदेश अस्पताललाई संघ मातहत लिने निर्णयको कांग्रेसद्वारा विरोध

६ जेष्ठ २०७८, बिहीबार १४:१७
नेपाली कांग्रेसले प्रदेश सरकार मातहतको कर्णाली प्रदेश अस्पताललाई संघमा लिने निर्णयप्रति आपत्ति जनाएको छ। २०७५ सालमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश मातहत ल्याइएको थियो। अस्पताललाई संघ मातहत लिने निर्णय हुँदा पनि प्रदेश सरकारले यसबारेमा आफ्नो धारणा सार्वजनिक नगरेकोमा कांग्रेसले आपत्ति जनाएको छ। ‘प्रदेश सरकारबाट अस्पतालको संस्थागत विकास, पूर्वाधार संरचना निर्माण र […]

सम्बन्धित