एउटै गाउँमा २५ को परिक्षण गर्दा२३ जना संक्रमित

  ।   २५ जेष्ठ २०७८, मंगलवार २१:१२

पछिल्लो समयमा जुम्लाका गाउँगाउँमा कोरोना संक्रमण फैलन थालेको छ । जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँमा २५ जनालाई परिक्षण गरेकोमा २४ जनालाई कोरोना पोजेटिभ देखिएको हो । गाउँमा रुघाखोकी लागेपछि कोभिड परिक्षण गरिएको थियो ।
जनस्वास्थ्य कार्यालय जुम्ला र तातोपानी गाउँपालिकाको समन्वयमा एन्टीजेन परीक्षण गर्दा २३ जनामा कोभिड–१९ पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाइँले जानकारी दिए ।
संक्रमित पुष्टि भएका सबैजनालाई राँका गाउँकै विद्यालयमा आइसोलेसन बनाएर राख्ने तयारी गरिएको उनले बताए । गाउँमा यतिधेरै संक्रमित भेटिएपछि त्रास फैलिएको ।
यसअघि सोही गाउँपालिका – ६ रावतवाडा गाउँ १३६ जनालाई कोरोना परीक्षण गर्दा २१ जनालाई कोरोना पुष्टि भएको थियो । उनीहरुलाई लाम्रा विद्यालयको आइसोलेसन र कोभिड अस्थायी अस्पतालमा राखिएको तातोापनी गाउँपालिका स्वास्थ्य संयोजक चौलागाई बताउँछन ।
उनका अनुसार २४ जना संक्रमित होमआइसोलेसनमा बसेका छन् । अहिले तातोपानी गाउँपालिकामा सक्रिय संक्रमित ७० जना छन् । गाउँमा लापरबाहीले संक्रमण बढेको हो । ग्रामीण क्षेत्रमा कोभिड संक्रमण फैलन नदिन पालना गर्नुपर्ने कुनै पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको भेटिँदैन । घरबाहिर निस्कदा मास्कको प्रयोग हुँदैन । घरमा आउँदा नियमित साबुनपानीले हात धुने गरेको भेटिँदैन ।
खेतिकिसानीको काम गर्दा सामाजिक तथा व्यक्तिगत दूरी कायम गरिएको हुँदैन । जताततै भिडभाड र लापारबाही बढिरहेको छ । गाउँमा चरम लापरबाही बढेको स्थानीय बताउँछन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । गाउँमा न निषेधाज्ञाको पालना गरिएको छ, न त निषेधाज्ञा बारेमा जानकारी नै । स्थानीय सन्देश खत्रीले भने ‘गाउँगाउँमा विकासे काम भइरहेका छन् । एक गाउँदेखि अर्को गाउँमा गएर खेतिकिसानीको काम भइरहेका छन् । गाउँमा जमघट हुने, भिडभाड गर्नेदेखि मन्दिरमा देवताको पूजा गर्ने र सामूहिक रूपमा छलफल भइरहेका छन् ।’
जनस्वास्थ्य सेवा कार्यालय जुम्लादेखि एन्टिजेन र पिसिआर परीक्षण गर्न जाँदा कोरोना जचाउँन मान्दैनन् । कतिपय युवाहरू गाउँमा कोरोना जाँच गर्छन् भनेर जडिबुटी खोज्न जंगलतिर गइसकेका छन । ‘गाउँमा रोपाइँ चलेको छ । चोपाइ भइरहेको छ । गोडमेल भइरहेको छ । सरकारी विकास भइरहेको छ । न निषेधाज्ञा पालना गरिएको छ, नत स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नै,’ सन्देशले भने, ‘गाउँमा केवल लापरबाही बढिरहेको छ । लापारबाहीका कारण कोरोना फैलदोँ अवस्थामा छन ।’
कोरोनाको उच्च जोखिममा गाउँ नै छ ।’ स्थानीयले गाउँका जनप्रतिनिधिलाई टेर्दैनन् । स्थानीय सरकारले सचेत गरेको बेला वास्ता गर्दैनन् । प्रहरी नपुग्दासम्म ग्रामीण क्षेत्रका बजार पनि खुलै हुन्छन् । प्रहरी पुगेर बन्द गर्न सिठी बजाएपछि मात्र बजार बन्द हुन्छन् । ग्रामीण बजारमा स्वास्थ्य सुरक्षाको कुनै पनि पालना हुँदैन ।

Next Post

कर्णाली प्रदेशलाई ५२ हजार मात्रा भेरोसेल खोप

२५ जेष्ठ २०७८, मंगलवार २१:१२
कर्णाली प्रदेशमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप करिब ५२ हजार मात्रा प्राप्त भएको छ ।  चीन सरकारको अनुदान सहयोगमा संघीय  सरकारलाई उपलब्ध भएको भेरोसेल खोपको उक्त मात्रा कर्णाली प्रदेशमा प्राप्त भएको हो । सो खोप कर्णालीका १० वटै जिल्लामा पुगिसकेको बताइएको छ । सो खोप ६२ देखि ६५ वर्ष उमेरसमूहका नागरिकलाई […]