पृथ्वीनारायण शाहको योगदानलाई सम्झिदैँ जुम्लाबासी

  ।   २८ पुष २०७७, मंगलवार ०६:५९

समृद्ध देश निर्माणमा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको लागि दिएको योगदान भुल्न नहुने जुम्लाबासीले बताएका छन् । उनीहरुले पृथ्वीनारायण शाहबाट अहिलेका नेतृत्वले पाठ सिक्नु पर्ने बताए । लिच्छिबी कालमा छरिएर रहेका नेपालका ५२ राज्यलाई एकिकृत गरी समग्र नेपाल निर्माण गर्नमा दिएको योगदान निकै प्रशंसनीय रहेकोमा जोड दिए ।
पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्म जयन्ती तथा एकता दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा जुम्लाबासीले एक पटक फेरी नेपाली एकताको खाँचो रहेको बताए ।
कार्यक्रमको अवसरमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाका अध्यक्ष बेदबहादुर शाहीले सरकारी स्तरबाट कुनै औपचारिक कार्यक्रम नहुनु दुखद भएको प्रतिक्रिया दिए । नेपालीलाई स्वतन्त्रता दिन तथा राष्ट्रिय अखण्डता कायम गर्नको लागि हाल नेपालमा पृथ्वीनारायण जस्ता दुरदर्शी व्यक्तिहरुको खाँचो रहेको उनको भनाई थियो ।
जनताको मुक्तिको लागि सबै दलहरुको एक्केबद्धता आवश्यक रहेको छ । उनले भने,‘ नेपालको राष्ट्यि अखण्डताको संरक्षण गर्न जुर्मराउनु पर्ने बेला आइपुगेको छ । ’ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य धनवहादुर थापाले नेपाली हुनुको पहिचान तत्कालिन राजा पृथ्वीनारायण शाहले दिएको भन्दै राष्ट्र निर्माण अभियान्ताको जन्म दिनको अवसरमा सरकारले बिदा नदिएको आरोप लगाए ।
केन्द्रिय सदस्य मनसुनारले नेपालमा २०६२÷०६३ को जनआन्दोलन पछि आएका विभिन्न सरकारले आफ्नो पुरानो ईतिहास मेटाउन खोजेको गुनासो गरे ।
राजा पृथ्वीनारायरण शाहले कर्णालीका २२, गण्डकीका २४ र काठमान्डौंका ८ राज्यलाई एकिकरणमा गरेको योगदान भुल्न नसकिने भन्दै अहिले दलहरुले संघीयताको नाममा देशलाई बिखण्डन गर्न खोजेको दाबी गरे । यस्तै अर्का केन्द्रीय सदस्य बिर्षबहादुर कठायतले पृथ्वीनारायण शाहले राष्ट्र निमार्णका लागि दिएको योगदानलाई सरकारले सार्वजानिक बिदा नदिएर उपेक्षा गरेको बताए ।
अहिले देशमा संघीयताको नाम बेचेर राजनैतिक दलहरुले नेपाली जनताको भावनासंग खेलबाड गरेका छन्, उनले भने,‘ देश नरहे सम्म हामी पनि रहँदैनौ भन्ने कुरालाई अहिलेका सबै दलहरुले बिर्सेका छन । त्यसैले नेपालको हविगत दिनानुदिन खस्कदो छ । ’
युवा नेता अनुप थापाले नेपालको ईतिहासलाई नियालेर हेर्दा राजा पृथ्वीनारायण शाहको जस्तो राष्ट्रप्रति साहास र दृढसंकल्प भएका व्यक्ति भेटाउन मुस्किल पर्ने बताए । अहिलेको राजनीतिले नेपालको भाईचारा भावनालाई टुक्राउन खोजेको आरोप लगाए ।
‘चार जात छतिस वर्णको देश अहिलेका राजनैतिक दलहरुले ईतिहासमा मात्र सिमित राखेका छन’,उनले भने । बरिष्ठ उपाध्यक्ष कालिवहादुर महतले पृथ्वीनारायण शाहका अधुरा सपनालाई पुरा गर्नु सबै नागरिकको कर्तव्य भएको बताए ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ साल पुस २७ गते जन्मिएका शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए । भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।
शाहको २ सय ९९ औं जन्म जयन्ती तथा एकता दिवसको अवसरमा जुम्लामा पञ्चेवाजा सहित बजार पक्रिरमा गरी कृष्णमन्दिर अगाडी आएर कोणसभा परिणत भएको थियो ।

Next Post

भुकम्प दिवस मनाउन छलफल

२८ पुष २०७७, मंगलवार ०६:५९
जिल्ला प्रशासन कार्यालय जुम्लाले राष्ट्यि भुकम्प दिवस मनाउने बारेमा सरोकारवाला संग छलफल गरेको छ । सो छलफलमा योग दिवसका बारेमा समेत छलफल भएको थियो । आगामी माघ महिनाको १ र २ गते क्रमश योग दिवस र भुकम्प दिवस पर्ने भएकोले सरोकारवाला संग छलफल गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी […]