जनप्रिय बाहिनीपति सापकोटा

  ।   १६ आश्विन २०७८, शनिबार १४:४१

नेपाली सेनाका सहायक रथी यमबहादुर सापकोटा १३ महिना अघि जुम्ला स्थित नम्बर २४ बाहिनीअड्डा जुम्लाको बाहिनीपति भएर आइपुगे। जुम्ला उनको लागि पहिलो आगमन थियो। जुम्ला सरुवा भएको खबर पाउने बित्तिकै बाहिनीपति सापकोटाको मनमा एउटै परिकल्पना थियो ‘जुम्ला अलि विकट हिमाली जिल्ला भएकोले अभावैअभावले गुज्रिरहेको होला। भौगोलिक रुपमा कठिन होला।’ तर उनी जब जुम्ला आइपुगे। उनले परिकल्पना गरेको भन्दा फरक पाए। जुम्ला त सम्भावना नै सम्भावनाको खानी रहेछ। तर अवसर नपाउँदा विकट्ताको उपमा झुण्ड्याएको रहेछ। अवसर पाएको खण्डमा कर्णालीले नेपाल पाल्ने सामार्थ्य राख्नेछ।’

बाहिनीपति सापकोटा जुम्ला आइपुग्ने बित्तिकै नागरिक सैनिक सम्बन्ध सुधारका क्रियाकलापमा अग्रसर भए। हुन त मान्छेको व्यवहार उसले गर्ने कामले पुष्टि गर्छ। उनी नागरिक सैनिक सम्बन्धलाई प्रगाढ बनाउदै हरेक कर्णालीवासीले नेपाली सेना हाम्रो सेना हो भन्ने बनाउन चाहन्थे। कोरोना संक्रमणका कारण अधिकांश काम पूरा हुन सकेनन्। बाहिनीपति सापकोटाले भने,‘नेपाली सेना हाम्रो सेना हो भन्ने नागरिकले बुझुन भन्ने भावना दिन चाहन्थे। सेनामा जागिर नहुँदासम्म नागरिक थिए। अहिले एक सैनिक कमाण्डर छु। अवकाशपछि म फेरि नागरिक नै हुन्छु। त्यही भएर पनि नागरिक सैनिक सम्बन्ध सुमधुर हुनुपर्छ भन्नेमा मेरा कार्य केन्द्रित भए।’

सदैव विकास निर्माणका कार्यक्रममा हातेमालो गर्न चाहने उनी विकास निर्माण, समाज सुधार तिर नै बढी ध्यान दिन्थे। उनले भने,‘विकास निर्माण,समाजसुधार अहिलेको आवश्यकता हो। नागरिक सैनिक हातेमालो गरौँ। सभ्य, सुसंस्कृत समाजको निर्माणमा अघि बढौँ। यही नै सबैको भलाई हो।’

संकटकालमा सेना प्रति नागरिकले हेर्ने नजर फेरिएको छैन। अहिले पनि सेना देख्ने वित्तिकै तर्सने अवस्था छ। बाहिनपति सापकोटा सेना देख्ने वित्तिकै भरोसा लाग्ने अवस्था सिर्जना गर्न चाहन्थे। उनले यहाँ रहँदासम्म जवानहीत र जनहीतका कार्यलाई प्राथमिकताका साथ अघि बढाए।

जुम्ला आइपुगेका बाहिनपति सापकोटाले पहिलो पटक यहाँका सर्वपक्षीय नागरिकसंग छलफल चलाए। त्यो बेला उनले भनेका थिए,‘तपाइहरुलाई अफ्ठयारो गाह्रो पर्दा भन्नु होला हामी तयार हुनेछौँ। नेपाली सेना हरेक सुखदुःखमा साथ दिन चाहन्छ।’ उनी यहाँका लब्धप्रतिष्ठित व्यक्तिसंगको सम्पर्कमै रहे। नेपाली सेनाको भिजन, मिसन र गोल र आफ्नो कमाण्ड अवधिभर गर्न खोजेको मुख्य कामबारे जानकारी दिए। त्यो काम सफल गर्नको लागि सुझाव लिए।

यो बाहिनी अड्डाले कर्णालीको पाँच जिल्लाको कमाण्ड गर्छ। उनले गाउँमा स्वास्थ्य शिविर गर्ने, विद्यालयका संरचना बनाउने र सेना प्रतिको आकर्षण बढाउने खाले बृत्त चित्र देखाउने कार्य गरे। जसरी पनि द्वन्द्वकालमा सेना संग बिग्रीएको नागरिक सम्बन्ध सुधार गर्न चाहन्थे।

बाढी पहिरोले ग्रस्त क्षेत्रमा उद्धार तथा राहतका कार्य गर्ने, भत्के बिग्रेको पुलपुलेसा निर्माण गरि सहजै रुपमा ओहोरदोहार गर्ने वातावरण बनाउने काममा अग्रसर बने। अस्पतालमा रगत अभावमा छटपटिएका बिरामीलाई रगतको व्यवस्थापन गर्ने र नागरिकको सुखदुःखमा मलहम लगाउने काममा जुटे। उनले थालेको यो कार्यले कैयन कर्णालीवासीको ज्यान जोगिएको छ। सेनाको ब्यारेक ब्लड बैंकका रुपमा स्थापित बन्यो। बाहिनीपति सापकोटा सुनाउँछन्,’अब जुम्लामा रहेको नन्दाबक्स गण नन्दा ब्लड बैंकका रुपमा स्थापित भइसकेको छ।‘

उनले भने,‘सेना ब्यारेकमा मात्र बसी राख्दैन। जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि पनि जस्तो सुकै सहयोग गर्न सक्छ भन्ने सन्देश फैलाउन सक्षम भयौँ। यो निकै राम्रो पक्ष थियो।’

महामारीको रुपमा फैलिएको कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि पनि नेपाली सेनाले फ्रन्टलाइनमै रहेर काम गर्यो। उनी आफै गाउँका क्वारेन्टिन तथा आइसोलेसनमा पुगेर संक्रमितको उर्जा थप्ने काममा कस्सिए। उतिबेला संक्रमितलाई उर्जा दिनु र संक्रमण रोकथाम तथा नियन्त्रणका कार्यमा जुट्नु पर्ने अवस्था थियो। क्वारेन्टिन तथा आइसोलेसनमा पुगेर संक्रमितको व्यवस्थापनबारे चासो राख्न थाले। उनले कोरोना महामारीमा सेनाको भरोसा गर्न लायक उपस्थिती जनाए। यो कर्णालीवासीले कहिल्यै भुल्न सक्दैनन्।

भुपु सैनिक र भुपु सैनिक परिवारका पिरमर्का सुन्ने, उनीहरुसंग बसेर छलफल चलाउने, आपतविपदमा पर्दा सघाउने र एकआपसमा अनुभूति साट्ने कामको थालनी भयो। उनी भन्थे,‘भुपु सैनिकका कारणले यहाँसम्म पुगेको सैनिक संगठन प्रति उनीहरुको माया र सद्भावको कमि हुनुहुँदैन।’

नेपाली सेनाले सुर्खेतमा खोलेको सुपथ मूल्यको क्यान्टिनमा कर्णालीको अर्गानिक उत्पादित बस्तु उपलब्ध गराएर समग्र कर्णालीका किसानलाई कृषि क्षेत्र प्रति आकर्षित गर्न खोजेका थिए। जुम्लामा रहँदा कृषि, शिक्षा, स्वास्थ्य, विपदका क्रियाकलापमा मात्र केन्द्रित रहेनन्। उनले कर्णालीको धार्मिक पर्यटनको रुपमा रहेको चन्दननाथ भैरवनाथ मन्दिरमा हरेक महिनाको पहिलो सोमबार खाद्य लगायतका सामग्री सहयोग गर्ने र मन्दिरको सरसफाइ गर्ने प्रचलन बसाए। नेपाली सेनाले थालेको यो कार्यप्रति जुम्लावासी उत्साहित छन्।

प्रत्यक्ष जनसहभागितामा गाउँगाउँमा पुगेर विपद सम्बन्धिका अभ्यास भए। विपदका घटना हुदा जनतालाई कसरी सुरक्षित राख्ने,विपद भएको बेला घटनास्थलमा पुगेर छिटो उद्धार कार्यमा सेनाको उपस्थिती कसरी जनाउने भन्ने बिषयमा छलफल चलाउँथे।

कर्णाली प्राकृतिक सुन्दरताको खानी हो। यहाँ धार्मिक, सास्कृतिक र प्राकृतिक पर्यटनका ठूला अवसर छन। तर यिनीहरुको नियमित रेखदेख र संरक्षण नहुँदा ओझेल पर्ने अवस्थामा छन । यो अवस्थामा बाहिनीपति सापकोटाको पहलमा रारातालमा अतिथिगृह निर्माण गर्न पहल अघि बढाए। रारातालको सरसफाइमा पटक पटक सेना खटाइरहे। कर्णालीको सुन्दरतामा चमक बढाउन सबै लाग्नु पर्नेमा जोड दिए।

जुम्लाको पातारासी गाउँपालिका छुमचौरमा रहेको एक विद्यालयमा विदेशमा रहेका नेपालीसंगको सहकार्यमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरे।यसले शैक्षिक क्षेत्रको विकासमा टेवा पुगेको छ। प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउने छन्।  सैनिक ब्यारेकको सुन्दरता,ब्यारेक भित्रको बगैचा व्यवस्थान, वृक्षारोपण पनि तीव्र भए। एक सय केभीको जेनेरेटर ल्याएर बिजुलीको अभाव झेलिरहेको जुम्लामा जवानलाई खाजा नास्ताको लागि पाउरोटी खुवाउने व्यवस्थापन गरे। यो उनको जवानहीतको महत्वपुर्ण कार्य मानिन्छ।

हरेक साता व्यारेक भित्रको आन्तरिक निर्माण तथा मर्मतको कार्यमा जुटे। बाहिनीपति सापकोटाले रचनात्मक तथा सिर्जनात्मक कार्य गरेर पृत्तनापति स्तरीय पेसागत प्रतियोगितामा प्रथम र केन्द्रीय तहमा दोस्रो स्थान बनाउन सफल भए। त्यो बाहिनीपति सापकोटाको निकै ठूलो योगदान थियो। जुम्ला र हुम्लामा रहेका अनाथ बालबालिकालाई कपडा, खाद्य सामग्री, स्टेशनरी प्रदान गरिएको थियो। ब्यारेकभित्र रहेर प्रतिभा देखाउन नसकेका जवानको प्रतिभा प्रस्फुटनका लागि प्रेरित गरे। जवानले बनाएका थरीथरिका चित्र ब्यारेक भित्रका हेर्न लायक तस्बिर हुन्।

जुम्लामा रहँदा बाहिनीपति सापकोटा जनताको मन मस्तिष्कमा बस्न सफल भए। उनले रारा युनिटी स्पोर्टस मिट सञ्चालनको अन्तिम तयारी थालेका थिए। तर कोभिडका कारण हुन सकेन। कर्णालीको प्राकृतिक सुन्दरता जोगाइराख्नको लागि हरेक निकायसंग छलफल भए। उनले एनआरएनए नाइजेरीयासंग समन्वय गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई ४० लिटरका १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका थिए।

उनी हाल नेपाली सेनाको केन्द्रीय कार्यालयमा दुई जिम्मेवारीसहित सरुवा भइसकेका छन्। उनले भने,‘अहिलेको आवश्यकता भनेको नागरिक सैनिक सम्बन्ध स्थापित गरेर यहाँको हरेक विकासका क्रियाकलापमा जोड दिनु हो। सेनासंगको समन्वय, सहकार्य र सम्बन्धले नागरिक र सैनिकको हीत हुने देखिएको छ।  उनकै पहलमा ब्यारेक आसपासको क्षेत्रमा सुविधा सम्पन्न खेलकुद मैदानको काम सुरु भएको छ।

Next Post

कर्णालीको प्रशिद्ध चन्दननाथ मन्दिर सजावटमा सेना

१६ आश्विन २०७८, शनिबार १४:४१
कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको सजावटमा नेपाली सेना जुटेको छ । दसैँ नजिकिदै गर्दा मन्दिरको लिपपोत,सजावटमा सेना जुटेको हो । यो धार्मिक पर्यटनको केन्द्र हो । दसैँमा टाढाटाढा देखि भक्तालुहरु आउने भएकोले मन्दिरलाईए चिटिक्क बनाउन थालिएको चन्दननाथ भैरवनाथ गुठि समितिका अध्यक्ष पुर्णसिंह कठायतले जानकारी दिए । उनले भने,‘मन्दिरको सजावट र […]