नरेश भण्डारी : कर्णाली विकासको विम्ब

  ।   २७ आश्विन २०७८, बुधबार ०८:४७

जुम्ला,असोज २७।
२०६८ सालमा प्रतिनिधि सभामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक दर्ता भयो । जुम्लाबाट निर्वाचित सांसद नरेश भण्डारीले उक्त विधेयक संसदमा दर्ता गरे । विधेयक दर्ता भइसकेपछि कर्णाली भित्र र बाहिर थुप्रै अड्कल बाजी हुन थाले । कसैले कर्णाली जस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान हुनै नसक्ने ठोकुवा गरे । कसैले विधेयकको समर्थन गरे । केहीले कर्णालीको इतिहासमा नयाँ युगको शुरुवात भएको बताए ।
विधेयक संसदबाट पारीत भयो । कर्णालीको जुम्ला केन्द्रीय कार्यालय हुने भनिएको थियो । जुम्लाकै राजनीतिक पार्टी भित्र मतभेद शुरु भयो । जुम्लामा प्रतिष्ठान चल्न नसक्ने भन्दै केहीले संसद भण्डारीको आलोचना गरे । उनलाई साथ नदिनको लागि दबाब दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान समग्र कर्णाली क्षेत्रको कायापलट गर्ने बृहत परीयोजना थियो ।
तत्कालिन कर्णाली अस्पतालमा प्रतिष्ठानका कामकाज शुरु हुन थाले । कर्णालीमा डक्टर बस्न थाले । कर्णाली भन्ने वित्तिकै डक्टर आउन नमान्ने,स्वास्थ्यकर्मीले अस्पताल प्रमुख भएर काम चलाउनु पर्ने अवस्था थियो । प्रतिष्ठान स्थापनाले कर्णालीको परिभाषा बदल्यो । अब कर्णाली डक्टर अभावमा मृत्यु पर्खदैन । उल्टै सुगमका बिरामीको उपचारका लागि डक्टर पठाउने सामाथ्र्य राख्छ भन्ने सन्देश फैलायो । अहिले कर्णालीको जुम्ला स्वास्थ्य शिक्षाको हब बन्यो । प्रतिष्ठानका संस्थापक संसद नरेश भण्डारीले भने,‘कर्णाली प्रतिगष्ठान गरिबी,अशिक्षा,बेरोजगारी,अभाव विरुद्धको मिसायल हो । जसले कर्णालीको जीवनस्तरमा ठुलो परिवर्तन ल्याएको छ । कर्णालीको छोराछोरी आगनमै डक्टर पढ्न पाउन थाले । देशै भरीका डक्टर पढ्न इच्छुक विद्यार्थीको ध्यान कर्णालीतिर केन्द्रीत भयो । ’
कर्णाली गरिबी,अशिक्षा,भोकमरी,अभाव र बेरोजगारीको प्राय ठानिन्छ । अहिले पनि कर्णाली भौगोलिक रुपमा विकट,शिक्षाका रुपमा अशिक्षित, विकासका हिसावमा निकै पछि परेको मानिन्छ । २०६४ सालमा जुम्लाबासीले नरेश भण्डारीलाई अत्यधिक मत दिएर जिताएको परिणाम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो ।
यसअघि जुम्लाबासीले धेरैलाई केन्द्रको प्रतिनिधिको रुपमा पठाए । उनीहरुले आफ्नो घर बनाए । आफन्तलाई रोजगारी दिए । सिंगो कर्णाली बदल्ने कुनै योजना परियोजना ल्याउन सकेनन । तर नेकपा माओबादी केन्द्रका नेता समेत रहेका भण्डारीले सिंगो कर्णालीको परिभाषा बदल्ने परियोजना ल्याए । अहिले जुम्लामा डक्टर रोजेर बिरामीले उपचार पाउँछन । डक्टरी पढाइ हुन थालेको छ । स्वाथ्यकर्मी बस्ने ठाउँमा विशेषज्ञ चिकित्सक,प्रोफेसर बस्न थालेका छन ।
कर्णालीको विकासमा पटक पटक मिसायल हानिएको छ । कर्णाली प्रदेश सभा सदस्य भण्डारीले भने,‘गरिबी विरुद्धको मिसायल,बेरोजगार,अविकास,अशिक्षा विरुद्धको मिसायल पटक पटक हान्ने र कर्णालीको समृद्धिमा टेवा पुर्याउने कार्य भइरहेको छ । यो समग्र कर्णालीको लागि एक ऐतिहासिक कार्य हो । ’
यसअघि जुम्लाबाट केन्द्रीय संसदमा प्रतिनिधित्व गर्ने हरिश्चन्द्र महतले विद्युत निर्माण गरेर सदरमुकाम खलगालाई उज्यालोको व्यवस्था गरेका थिए । अदनसिंह कठायत जुम्ला विमानस्थल निर्माणको लागि पहल गरेका थिए । त्यसपछि पठाएका कुनै पनि संसदले सामुहिक हीतलाई सर्वोपरि ठानेनन । फलस्वरुप कर्णालीको परिषाभा अभाव र गरिबीको स्तर भन्दा माथि उठ्न सकेन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक दर्ता भएको ठिक १० बर्ष पछि फेरी संसद भण्डारीले कर्णाली प्रदेश सभामा सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक नामक गैरसरकारी विधेयक दर्ता गराएका छन । यो विधेयक संघीय व्यवस्था शुरु भएपछिको पहिलो गैरसरकारी विधेयक हो ।
नेपाल एकीकरणमा जुम्ला सामेल गराइसकेपछि सिँजा सभ्यता संरक्षण र विकासका क्षेत्रमा उल्लेख्य कानुनी आधारहरु बनेका थिएनन । २३२ बर्ष पछि यो सिँजा सभ्यता विकासका लागि कर्णाली प्रदेशमा गैरसरकारी विधेयक दर्ता भएको छ । कर्णाली प्रदेशको पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले भने,‘कर्णाली सभ्यताको खानी हो । सभ्यता संरक्षणले मात्र यहाँको समृद्धि हासिल हुनसक्छ । यो विधेयक विषयवस्तुका हिसाले पनि ऐतिहासिक छ । यो विधेयक आफैमा पनि ऐतिहासिक छ । ’
यो राष्ट्यि महत्वको विधेयक हो । यसको केही रुपमा अन्र्तराष्ट्रिय महत्व पनि छ । उनले यो विधेयकका बारेमा हिउँदे अधिवेशनमा घनिभुत वहस हुने बताए । संसद भण्डारीले जुम्ला केन्द्र हुने गरेर यसअघि उच्च प्रवतीय विश्व विद्यालय सम्बन्धि विधेयक दर्ता गराइसकेका छन ।
विधेयकका बारेमा थुप्रै सुझाव र जिज्ञासा प्रकट भएका छन । यी बिषयलाई वहसका रुपमा लिएर हल हुनेछन । सिँजा सभ्यता संरक्षण तथा विकास विधेयकले सिँजाको कनकासुन्दरी गाउँपालिकामा प्राधिकरणको कार्यालय हुने व्यवस्था गरेको छ । सिँजा सभ्यता सम्बन्धि सभाको अध्यक्षता मुख्यमन्त्रीले गर्नेछन । प्राधिकरणको उपाध्यक्ष राज्यमन्त्री सरहको हुनेछ । कार्यकारी निर्देशक सचिव स्तरको कर्मचारी रहने व्यवस्था छ ।
सभाको सदस्यमा जुम्ला प्रदेश क्षेत्र (ख)मा रहेका चार स्थानीयतहका प्रमुख मध्येबाट एक जना रहने व्यवस्था गरिएको छ । संसद भण्डारीले भने,‘अब जुम्ला भुमिलाई गर्व गर्न लायक भुमिका रुपमा परिणत गर्नुपर्छ । ’
संसद भण्डारीकै पहलमा १७० मेगावटको जवा मेगा जलविद्युतको प्रक्रिया अघि बढेकोछ । जसका लागि उर्जामन्त्रालयमा निवेदन परिसकेको छ । प्रारम्भीक अनुसन्धान भइसकेकोछ । तिला र जवाको पानी सुरुंङबाट मिसाएर विद्युत निकालिनेछ । बर्षायामका चार महिनामा बढि भएको पानी संकट गरेर हिउँदमा बिजुली निकालिनेछ । हिँउद विद्युत उत्पादन हुन्छ । बर्षा पानी संकलन हुन्छ । संंसद भण्डारीले थपे,‘यो जीवन परिवर्तनको परियोजनाका रुपमा आएको छ । विकासको एक शक्तिशाली मिसायल यो पनि हो । बर्षायामको स्याउ शितभण्डारमा राखेर हिउँदमा महंगोमा बेचे जस्तै हो । यो विद्युत पनि हिउँदमा महंगो बिक्रि हुनेछ । ’
अहिले कर्णालीको विम्ब भनेको दुब्लो पातलो,गरिबी हो । त्यो विम्ब वदल्छौँ । अहिले डक्टर पढ्न आउनको लाइन छ । हिजो बिरामी पठाउने जुम्ला अहिले डक्टर पठाउदैछ । उनले भने,‘हामी सबै मिलेर कर्णालीको परिभाषा बदल्ने अभियानमा लाग्नुपर्छ । ’कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा,शिक्षा र अनुसन्धान गरिरहेको छ । सिँजा विधेयकले सिंजा सभ्यता क्षेत्रको सामाजिक, धार्मिक, भाषिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पूर्वाधारको विकास गर्न, सिंजा सभ्यता क्षेत्रभित्रको भाषिक, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वका स्थान र सो क्षेत्रभित्र रहेका सम्पदाहरूको संरक्षण गर्न, प्राचीन, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका मठ, मन्दिर, थान, ताल, कुण्ड, सरोवर, गुफाका साथै तीर्थस्थलको अनुसन्धान गर्ने उद्देश्य राखेको छ ।
अहिले नरेश भण्डारी विकासबादी नेताको रुपमा चिनिएका छन । अहिले पनि जुम्ला देखि प्रदेश सभामा तीन जना र प्रतिनिधि सभामा एक जना संसदले प्रतिनिधित्व गर्छन । नरेश भण्डारी बाहेक कसैले पनि नयाँ कन्सेप्ट अधि सारेका छैनन ।

Next Post

जुम्लामा घोडा दौडको रौनक

२७ आश्विन २०७८, बुधबार ०८:४७
जुम्ला — बडा दसैंअन्तर्गत फूलपातीको दिन जुम्ला सदरमुकाम खलंगामा रहेको राजासिममा मंगलबार घोडा दौड गरिएको छ । परम्परादेखि जुम्लामा चल्दै आएको जुम्ली घोडा दौड प्रतियोगिताले यस वर्ष निरन्तरता पाएको छ । २०५५/०५६ सालमा जुम्ला विमानस्थल पक्की भएपछि परम्परादेखि चल्दै आएको घोडा दौड प्रतियोगिता रोकिएको चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले बताइन् । ‘हरेक वर्ष […]