१ हजार ४ सय मतदाता थपिए

  ।   २३ पुष २०७८, शुक्रबार १९:३२

जुम्लामा एक हजार ४ सय मतादाता थपिएका छन । स्थानिय तहमा सञ्चालन भएको मतदाता नामावली सङ्कलन बिशेष कार्यक्रम अन्र्तगत जुम्लामा १४ सय ७६ जनाले मतदाता नामवलीमा नाम दर्ता गराएका हुन । मंसिर १७ गते देखि पुस ९ गते सम्म दुई चरणमा सचालन भएको मतदाता नामावली सङ्कलन बिशेष कार्यक्रम अन्र्तगत जुम्लाका ६ वटा पालिकामै पुगेर नामावली सङ्कलनको काम गरिएको थियो ।
चन्दननाथ नगरपालिका र सिंजा गाउँपालिका बाहेकका सबै पालिकामा निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन बिशेष कार्यक्रम संचालन गरि मतदाता नामावली सङ्कलनको काम गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकृत महेश शर्माले जानकारी दिए । उनका अनुसार पातारासी गाउँपालिकामा ३ सय २३ जनाले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका छन् ।

कनकासुन्दरी गाउँपालिकामा १ सय १५, हिमा गाउँपालिकामा १ सय ३७, तिला गाउँपालिकामा २ सय ९३, तातोपानी गाउँपालिकामा ३ सय र गुठीचौर गाउँपालिकामा ३ सय ८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन अधिकृत शर्माले बताए । जिल्ला निर्वाचन कार्यालय जुम्लाको पुस ९ गते सम्मको तथाङ्क अनुसार जुम्लामा मतदाताको सङ्ख्या ६८ हजार १ सय १४ रहेको छ ।
जसमा ३२ हजार ४ सय ५८ जना महिला र ३५ हजार ६ सय ५६ जना पुरुष रहेको शर्माले बताउनु भयो । सोहि मिति सम्म बाहिर जिल्लाका ८३ पुरुष र ४८ महिला गरी १ सय ३१ जनाले जुम्लाबाट नामवली भरेका छन । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन र प्रशासन इकाई सिंजाबाट नामवली भर्ने काम निरन्तर अहिले पनि भइराखेको छ ।

Next Post

जुम्लामा नुनको राजनीति अन्त्य

२३ पुष २०७८, शुक्रबार १९:३२
धनबहादुर बुढा जुम्ला,पुस १५। तिला गाउँपालिका ९ का मानबहादुर बुढा २०५९ सालमा नुन लिन सदरमुकाम खलंगा आइपुगे । उनले पाँच केजी नुनका लागि नेता गुहार्नु पर्यो । नेताले कुपन दिएपछि मात्र उनले नुन पाए । उनले नुन संगै चामल पनि लिएर घर फर्किए । नुन सुन भन्दा त सस्तो थियो,उनले […]