संकलन पुर्जी बिना लैजाँदै गरेको जडिबुटी प्रहरी नियन्त्रणमा

  ।   १३ माघ २०७८, बिहीबार १५:०२

जुम्ला,माघ १३।
जुम्लामा संकलन पुर्जी र छुट पुर्जी बिना लैजादै गरेको जटिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । जुम्ला पातारासी गाउँपालिका ३ उर्थुचौतारामा गढीगाउँ देखि सदरमुकाम खलंगातिर आउदै गरेको जडिबुटी बोकेका २ ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा संकलन पुर्जी भेटिएन । प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने,‘दुबै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन बन कार्यालयमा बझाइएकोछ । ’
पातारासी गाउँपालिका ७ बस्ने टेकेन्द्र बुढा र अशल कठायतले ट्याक्टर चलाईरहेको अवस्थामा जडिबुटी नियन्त्रणमा लगिएको हो । संकलन पुर्जी तथा छुट पुर्जी बिना लैजाँदै गरेको ४० क्वीन्टल सेतक चिनी जडीबुटी प्रहरीले कब्जा गरेको हो । चालक सहित दुबै ट्याक्टर लाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जुम्लामा बुझाईएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले ज्यान मार्ने उद्योगमा आरोपित फरार प्रतिबादी एकजनालाई पक्राउ गरेको छ । तिला गाउँपालिका ४ सापुल्ली गाउँका टोपबहादुर शाहीका छोरा कलम शाहीलाई घरबाट पक्राउ गरेको हो । चालु आ.ब.२०७८।०७९ मा ज्यानमार्ने उद्योग मुद्दामा आरोपित प्रतिवादी कलम शाही ज्यान मार्ने उद्योग मुद्दामा वारदात मिति देखी फरार रहेका थिए ।
प्रतिबादी शाहीलाई पक्राउ गरेरजिल्ला अदालत जुम्लाबाट ५ दिनको म्याद थप अनुमति लिइ हिरासत कक्षामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

जुम्लाको जनसंख्या १ लाख १९ हजार ३ सय ७७

१३ माघ २०७८, बिहीबार १५:०२
राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या १ लाख १९ हजार ३ सय ७७ पुगेको छ। २०६८ को अनुसार १ लाख ८ हजार ९ सय २१ रहेको थियो। १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ। जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको तथ्यांक कार्यालय […]