हिउँ पन्छाएपछि हुम्लाको हवाईसेवा सुचारु

  ।   २५ माघ २०७८, मंगलवार १९:५०

जुम्ला,माघ २५।
भारीहिमपातका कारण रोकिएको हुम्ला विमानस्थल सञ्चालनमा आएको छ । झण्डै पाँच दिन पछि हवाई सेवा शुरु भएको हो । सिमिकोट विमानस्थलमा दुई फिट हिउँ परेको थियो । हुम्ला विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतले विमानस्थलमा जमेको हिउँ फालेका थिए । पाँच दिन सम्म हवाई सेवा ठप्प हुँदा यात्रु अलपत्र परेका थिए ।
पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन सकेको थिएन । हिउँ पन्छाउने कार्य सकिएपछि सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ । हवाई सेवा सञ्चालनमा आएपछि हुम्लाबासीलाई यात्रा गर्न सहज बनेको हो ।
हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत मिलेको हुम्लाबासी बताउँछन । नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन् । हवाई सेवा सञ्चालनमा आएपछि नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्न समेत ढुवानी भएको छ । पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो । हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ । सीता, तारा र समिट एयरले जिल्लाका लागि उडान भर्छन ।
हिमपातले जुम्ला,डोल्पा र मुगु जिल्लाको विमानस्थलमा समेत जहाज चल्न सकेका थिएनन । जुम्लामा सुरक्षाकर्मीले हिउँ पन्छाएपछि दुई दिनमै जहाज चलेका थिए ।

Next Post

निर्वाचनमा ‘एक लाख’ म्यादी प्रहरी

२५ माघ २०७८, मंगलवार १९:५०
काठमाडौँ — आसन्न स्थानीय चुनावमा करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ । निर्वाचन सुरक्षामा सेना, प्रहरी र सशस्त्र प्रहरी बलका अलावा ठूलो संख्यामा म्यादी सुरक्षाकर्मी परिचालन गर्न लागिएको हो । उनीहरूका लागि तलबभत्तामा मात्रै ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । प्रहरी प्रधान कार्यालयले स्थानीय तहको […]

सम्बन्धित