परिक्षा केन्द्र सार्ने निर्णयविरुद्ध विद्यार्थी आन्दोलित,जुम्ला क्याम्पसमा ताला

  ।   १० फाल्गुन २०७८, मंगलवार २०:३७

त्रिभुवन विश्वविद्यालयले बिएड तेस्रो बर्षको मौका परिक्षाको केन्द्र सारेको भन्दै विद्यार्थी आन्दोलित भएका छन । उनीहरुले जुम्लामै मौका परिक्षाको केन्द्र तोक्न माग गरेका हुन । बिएड तेस्रो बर्षको मौका परिक्षा दिने जुम्लामा ३२ जना विद्यार्थी छन । परिक्षा केन्द्र सुर्खेत तोकिएको छ ।
यही फागुन १३ गतेदेखि परिक्षा सञ्चालन हुदैछ । परिक्षाको मुखैमा आएर परिक्षा केन्द्र सार्ने निर्णय गरेको भन्दै विभिन्न विद्यार्थी संघ संगठनहरुले त्रिभुवन विश्वविद्यालयले गरेको निर्णयले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । उनीहरुले जुम्ला बहुमुखि क्याम्पस जुम्लामा तालावन्दी समेत गरेका छन ।
ध्यानाकर्षण पत्र बुझाउदै अनेरास्ववियु,नेपाल विद्यार्थी संघ,अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा परिक्षा केन्द्र जुम्लामै तोक्न माग गर्दै जुम्ला बहुमुखी क्याम्पसमा ताला लगाएका हुन ।
ध्यानाकर्षण पत्रमा भनिएको छ,‘नेपालको शैक्षिक परिवर्तनमा आम विद्यार्थीले खेलेको भमिका महत्वपुर्ण छ । विद्यार्थी आन्दोलनको उपलब्धीको रुपमा दुर दराजका गरिब तथा विपन्न परिवार र समुदायका विद्यार्थीले न्यनतम् रुपमा सुलभ तथा निशुल्क शिक्षा प्राप्त गर्न पाएका छन । तर त्रिभुवन विश्व विद्यालयले परिक्षाको मुखैमा आएर केन्द्र सार्ने गरेको निर्णय प्रति गम्भीर ध्यानकर्षण भएको छ । ’
त्रिभुवन विश्वविद्यालयको निर्णयले विद्यार्थीहरुको आर्थिक अवस्था र पढाईमा देखिएको नकारात्मक असर प्रति खेद प्रकट समेत गरेका छन । यसअघि त्रिभवन विश्वविद्यालयले स्नातकोत्तर तहको परिक्षा केन्द्र सारिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो । तर हाल सम्म कुनै सुनुवाई भएको छैन । बरु उल्टै निर्णय दोहोरी रहेका छन ।
आफ्ना विद्यार्थी प्रति त्रिभुवन विश्वविद्यालय गैर जिम्मेवार बनेको अनुभुति हुन थालेको अनेरास्ववियुका केन्द्रीय स्थानीय कमिटी सदस्य धिरज जैसीले जानकारी दिए ।
अविलम्व निर्णयलाई सच्याई पुर्व संचालन हुदै आएको जिल्ला स्थित आंगिक क्याम्पसहरुमा नै परिक्षा केन्द्र कायम गरि परिक्षा संचालन गर्न माग गरिएको छ । यो निर्णय नसच्याएमा विद्यार्थीहरुको हक हित र अधिकारका लागी जस्तो सुकै कदम चाल्न पनि वाध्य हुने चेतावनी विद्यार्थीले दिएका छन ।
ध्यानकर्षण पत्रमा अनेरास्ववियुका तर्फबाट केन्द्रीय स्थायी समिति सदस्य धिरज जैसी,नेपाल विद्यार्थी संघ जुम्लाका सचिव नेत्रबहादुर शाही,अनेरास्ववियु केन्द्रीय स्थायी समिति सदस्य परमेश्वर शाहीले हस्ताक्षर गरेका छन ।
सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले पाँच वटा केन्द्र बनाएर परिक्षा सञ्चालन गर्न लागिएको बताए । तर सबैभन्दा बढि विद्यार्थी जुम्लाका छन । विद्यार्थीले जुम्लामै हुनुपर्छ भन्छन,त्रिभुवन विश्वविद्यालय केन्द्र सार्न सकिदैन भन्छ । सहायक क्याम्पस प्रमुख खत्रीले भने,‘ परिक्षा केन्द्रका बारेमा प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले फोन गर्दा पनि केन्द्र सार्न नसकिने भने त्रिभुवन विश्वविद्यालयले प्रतिक्रिया दिएको छ ।’

Next Post

प्याकुरेबाडा–मुडुरी हुदै डोल्पा जोड्ने सडक शिलान्यास

१० फाल्गुन २०७८, मंगलवार २०:३७
गोल्डेन बुढा,गुठिचौर, जुम्लाको गुठिचौर गाउँपालिका ४ को प्याकुरेबाडा – मुडुरी हुदैँ डोल्पा जोड्ने सडक शिलान्यास भएको छ । गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी सडकको शिलान्यास गरेका हुन । जुम्ला खलंगाबाट दानसाँघु,गज्र्याङकोट हुदै डोल्पा जाने सडक अहिले चलिरहेको छ । त्यो सडकमा अहिले साना सवारी चलिरहेका छन । प्याकुरेबाडा –मुडुरी,गोठिगाउँ हुँदै […]