कनकासुन्दरीका खानेपानीको गुणस्तर जाँच

  ।   १० चैत्र २०७८, बिहीबार १६:३९

जुम्लाको कनकासुन्दरी गाउँपालिकामा रहेका खानेपानी आयोजनाको गुणस्तर जाँच गरिएको छ । यहाँका कुन मुहानको खानेपानी पिउन योग्य छ या छैन भन्ने प्रमाणित गर्न खानेपानी आयोजनाको गुणस्तर जाँच गरिएको हो ।
गाउँपालिका भित्र रहेका ८ वटा खानेपानी आयोजनाको वाक कीट मेसिनबाट जाँच गरिएको थियो । युनिसेफ नेपालको समन्वय र कनकासुन्दरी गाउँपालिकाको सक्रियतामा खानेपानीको गुणस्तर परिक्षण गरिएको उपाध्यक्ष उर्मिला खत्री भण्डारीले बताइन् ।
उनका अनुसार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मालिकावोता, कनकासुन्दरी गाउँ पालिका कार्यालय, गोठिज्युला बजार खानेपानी ,लिडिमेला खानेपानी कनकासुन्दरी ७, हाडसिँजा आधारभुत विद्यालय खानेपानी, लुड्कु खानेपानी, भट्ट भण्डारीवाडा खानेपानी र रोकायावाडा खानेपानीको आयोजनाको गुणस्तर जाँच गरिएको थियो ।
यहाँका सबै खानेपानी आयोजनामा आउने पानी पिउन योग्य रहेको युनिसेफ नेपालका सह परिचालक मुकुन्द रावलले बताए । खानेपानीको गुणस्तर जाँच गरिसकेपछिको १८ घण्टामा नतिजा आएको थियो । नतिजा पहेलो आएको खण्डमा पिउन योग्य हुनेछैन । रावलले भने,‘अन्य जुनसुकै रंगको पानी आएपनि पिउन मिल्छ । ’
ग्रामिण क्षेत्रमा दुषित खानेपानीबाट लाग्न सक्ने रोगबा बचाउनको लागि पानीको गुणस्तर जाँच गरिएको थियो । कनकासुन्दरीमा अधिकांस नागरिकले फिल्टर प्रयोग गर्दैनन् । जनतालाई कसरी शुद्ध खानेपानी पिलाउने भन्ने बारेमा छलफल गर्दा गुणस्तर परिक्षण विधि नै उत्तम देखिएको गाउँपालिका अध्यक्ष नरविर रावतले जानकारी दिए ।
उनका अनुसार परिक्षण रिर्पोटमा यहाँका सबै खानेपानी पिउन योग्य छन भन्ने देखिएको छ । यहाँका नागरिकको घरघरमा धारा छन । खानेपानीको गुणस्तर जाँच नहुँदा दुषित पानी पिउन बाध्य थिए । उपाध्यक्ष उर्मिला खत्री भण्डारीले भनिन्,‘सबै धारामा आउने पानी पिउन योग्य भएपछि चिन्ता लिनु पर्ने अवस्था रहेन । धाराको सफाइमा ध्यान दिनुपर्ने अवस्था आयो । ’
खानेपानीको गुणस्तर परिक्षरणले गर्दा जनमासमा डर छाएको थियो । खुसी पनि उत्तिकै मिलेको थियो । उनले भनिन्,‘यहाँका सर्वसाधारणलाई खानेपानीको नतिजा के आउँछ भन्ने चिन्ता लागेको थियो । पिउन योग्य नतिजा आइसकेपछि सबै खुसी छन । ’
मानव जीवनमा नभै नहुँने महत्वपुर्ण स्रोत पानी भएकोले सबैले खानेपानीको गुणस्तर जाँच गरेपछि मात्रै पिउन सुझाव दिइएको थियो ।

Next Post

चुनावमा बालबालिका प्रयोग गर्ने कार्य रोक्न प्रशासन कार्यालयको ध्यानकर्षण

१० चैत्र २०७८, बिहीबार १६:३९
आगामी वैशाख ३० गते हुन लागेको स्थानीयतहको निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न मानवअधिकार रक्षक सञ्जाल जुम्लाले माग गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा ध्यानकर्षण पत्र बुझाउँदै चुनावमा हुने बालबालिकाको प्रयोग रोक्नु पर्नेमा जोड दिएको हो । चुनाव प्रचारप्रसारका लागि कुनै पनि राजनीतिक दलहरुले बालबालिकाको प्रयोग गर्न पाइदैन । त्यही अनुसार […]