जुम्ला कारागार १४ महिनादेखि स्वास्थ्यकर्मीविहीन

  ।   ३ माघ २०७७, शनिबार २०:१३

 

जुम्ला- तत्कालीन माओवादी द्वन्द्वका बेला २८ कात्तिक २०५९ मा जुम्ला कारागार ध्वस्त पारिएपछि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत पुनर्निर्माण भएको छ ।

२ सय क्षमताको कारागारमा अहिले १ सय १२ जना कैदीबन्दी छन्, जसमा ३ जना महिला र १ सय ९ जना पुरुष रहेका छन् ।

कारागारमा स्वास्थ्यकर्मी अहेबको दरबन्दी भए पनि असोज ०७६ देखि रिक्त छ । यहाँका कैदीबन्दीले बिरामी पर्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

प्रतिष्ठानमा चिकित्सकको स्वास्थ्य परीक्षण तथा सल्लाहअनुसार कैदीबन्दीलाई औषधी प्रयोग गराइँदै आएको जेलर गयाप्रसाद पाण्डेले बताए । कारागारभित्रै स्वास्थ्यकर्मीको दरबन्दी हुँदा पनि समयमा पदपूर्ति नभएपछि कैदीबन्दीले यस्तो समस्या भोग्नु परेको हो ।

‘६० वर्षमाथिका २ जना ज्येष्ठ नागरिक पनि कैद भुक्तान गरिरहेका छन् । त्यस्तै, १-१ जना गर्भवती महिला पनि छन्’, जेलर पाण्डेले भने, ‘बिरामी भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला लैजाने गरेका छौँ । कारागारमै स्वास्थ्यकर्मी भए सहज हुन्थ्यो ।’ लामो समयदेखि स्वास्थ्यकर्मीको पद रिक्त हुँदा समस्या भएको उनको भनाइ छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालयदेखि कारागार विभागमा जानकारी गराइए पनि सुनुवाइ नभएको उनले बताए । पाण्डेयले भने, ‘अझै पनि स्वास्थ्यकर्मीको दरबन्दी पदपूर्तिका लागि पहलमा जुटेका छौँ ।’

Next Post

केटुको शिखरमा नेपाली टोली : हिउँदमा आरोहणको कीर्तिमान

३ माघ २०७७, शनिबार २०:१३
काठमाडौं । नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् । संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमाल मात्र हिउँदमा आरोहण हुन सकेको थिएन । तर नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी […]

सम्बन्धित