महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

  ।   ५ आश्विन २०८०, शुक्रबार २१:१५

१९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल नेपाली नेपाली टोली भियतनामसँग  पराजित भएको छ।

चिनको हानजाओमा आज भएको समूह डी को पहिलो खेलमा भियतनामसँग नेपाल २-० गोलले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो ।नेपालले अब आउने सोमबार समूहको दोस्रो खेलमा जापानसँग खेल्नेछ।समूहको अन्तिम खेल बङ्गलादेशसँग बिहीबार हुनेछ।

हरेक समूहबाट शीर्ष टोली र उत्कृष्ट ३ उपविजेता अघिल्लो चरणमा पुग्नेछन्।

Next Post

नेपालगन्जमा स्याउ बिक्री गर्दै जुम्ली महिला व्यापारी

५ आश्विन २०८०, शुक्रबार २१:१५
जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीय कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ। भदौको २६ गतेदेखि उनलाई नेपालगन्जमा ल्याइएको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको हो। यी महिला व्यापारीले किलोको एकसय दश रुपैयाँदेखि एकसय ४० रुपैयाँसम्ममा जुम्लाको स्याउ बिक्री गरिरहेका छन्। जुम्लाको हावापानीमा फलेको रसिलो […]