एडीबीद्वारा नेपालका लागि १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

  ।   ६ आश्विन २०८०, शनिबार ०७:१५

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी)ले नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रिकरण गर्न करिब १३ अर्ब रुपैयाँ अर्थात् १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । यो ऋण सहयोग रकम स्थानीयस्तरमा वित्तीय व्यवस्थापनका लागि स्रोत, योजना तथा व्यवस्थापन सुधार कार्यका लागि खर्च हुने एडीबीले जनाएको छ ।

सन् २०२५ सम्म संरचनात्मक वित्तीय रूपान्तरणका लागि यो सहयोग महत्त्वपूर्ण मानिएको छ । ‘एडीबीको यो कार्यक्रमले पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न, सार्वजनिक निकायलाई सुधार गर्नुका साथै वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्नेछ’ एडीबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले भने ।

एडीबीले नेपाललाई खर्च र ऋण व्यवस्थापन क्षेत्रमा सुधार गर्न सहयोग गर्दै आएको छ । कार्यक्रममा वित्तीय जोखिम र रणनीति प्रतिवेदनको स्वीकृति तथा त्यसको सञ्चालन, ऋण व्यवस्थापनमा पारदर्शिता र वार्षिक ऋण योजनाको कार्यान्वयन, सार्वजनिक संस्थानहरूको सुशासन र व्यवस्थापनमा सुधार, मध्यमकालीन सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिको कार्यान्वयन समावेश छ ।

Next Post

खस भाषा जोगाउन ‘हाम्मो स्थानीय विषय’

६ आश्विन २०८०, शनिबार ०७:१५
जुम्ला, जुम्ला खस भाषाको उद्गम थलो हो, तर आयातित भाषाको हस्तक्षेपले खस भाषा लोप हुने जोखिम बढिरहेको छ । यही कुरालाई ख्याल गरेर स्थानीय तहले विद्यालयमा खस भाषाको पाठ्यक्रम लागू गरेका छन् । चन्दनाथ नगरपालिका, तातोपानी गाउँपालिका र सिँजा गाउँपालिकाले खस भाषाको स्थानीय पाठ्यक्रम निर्माण गरी ‘हाम्मो स्थानीय विषय’ पढाउन […]