जाडोबाट बचाउन प्रशासनको न्यानो कपडा

  ।   ६ माघ २०७७, मंगलवार ०९:११

जिल्ला प्रशासन कार्यालय जुम्लाले जाडोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ ।
हिमपात तथा अत्याधिक जाडोवाट बचाउन न्यानो कपडा वितरण गरिएको हो । विपद पूर्व तयारी स्वरुप सिँजा क्षेत्रमै पुगेर न्यानो कपडा कम्बल ज्याकेट वाडिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जुम्लाको माइनस डिग्रीको चिसोका दैनिकी विताउदै आएका यहाँका नागरिकलाई प्रशासन कार्यालयले उपलब्ध गराएको न्यानो कपडाले राहत मिल्ने बताए । उनले भने,‘स्थानीय प्रशासन विपन्न नागरिकका लागि संवदेनशिल छ भन्ने भन्ने देखायो । अव यस्ता कार्यक्रम स्थानीय सरकारले पनि गर्न जरुरी छ । ’
विपन्न नागरिकको गाँसबास कपासको ग्यारेन्टी गर्नु राज्यको दायित्व हो । उनले भने,‘त्यो दायित्व जुम्ला प्रशासनले गरेको छ । चिसो मौसममा न्यानो गर्नका लागी कपडाको जोहो गर्न नसक्ने नागरिकका लागी कम्वल र ज्याकेट दिनु राम्रो कार्य हो । ’ प्रमुख जिल्ला अधिकारी थापाले प्रशासनले कठयांग्रिदो जाडोमा थुरथुर काँपेर रात विताउन बाध्य नागरिकका लागी न्यानो कम्बल र जकेटले राहतको अनुभुति दिलाउने बताए ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद कोषबाट विपन्न नागरिकका लागि कम्वल र ज्याकेट वितरण गरेको हो । जसलाई राज्यको सहयोग आवश्यकता छ । उनीहरुको पहिचान गरेर न्यानो कपडा उपलब्ध गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी थापाले थपे,‘ अव सरकारले मात्रै सम्भव हुदैन । नागरिक स्तरबाटै सहयोगी भावना जागृत हुनुपर्छ । नागरिक नागरिकबीच हुनेले नहुनेलाई साथ दिने कार्यको थालनी जरुरी छ । यो बेला सहयोगी भावनाको जरुरत छ । ’ सिँजा क्षेत्रका १२ जना विपन्न नागरिकलाई गाउँमै पुगेर न्यायो दिइएको थियो ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी,कर्णाली प्रदेश सभा सदस्य पदमबहादुर रोकाया,कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी बसन्त पन्त,प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ,नेपाल प्रहरीका डिएसपी माधवप्रसाद काफ्लेले विपन्न नागरिकलाई राहतस्वरुप न्यानो कपडा हस्तान्तरण गरेका हुन् । आफुहरुले न्यायो कपडा पाउदा निकै खुसि भएको प्रतिक्रिया विपन्न नागरिकले दिएका थिए ।

Next Post

केपी ओलीले कि आफूलाई कामचलाउ भन्नुपर्छ कि पद छाड्नुपर्छ : माधव नेपाल

६ माघ २०७७, मंगलवार ०९:११
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले […]