प्रहरीलाई सय रुपैयाँ दिन खाेज्ने सुर्खेत प्रहरी हिरासतमा

  ।   २० माघ २०७७, मंगलवार २१:१२

सुर्खेत– सुर्खेतमा प्रहरीलाई १०० रुपैयाँ दिन खोज्ने दुई जना पक्राउ परेका छन्।

पैसा दिएर प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का ३४ वर्षे टिप्पर चालक केशव पुनमगर र सोही ठाउँका १८ वर्षे सहचालक राजकुमार थारु पक्राउ परेका हुन्।

टिप्पर चेकजाँचका क्रममा प्रहरी हवल्दार खेमराज बस्नेतलाई १०० रुपैयाँ दिन खोजेपछि पक्राउ गरिएको सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए। उनीहरुले आज मंगलबार वीरेन्द्रनगर–६ नयाँ बसपार्कमा प्रहरीलाई पैसा दिन खोजेका थिए।

मंगलगढीदेखि नेपालगञ्ज जाँदै गरेका उनीहरुले सवारी चालक अनुमतिपत्र लगायतका आवश्यक कागजातरु बोकेका थिएनन्। आवश्यक कागजात नभएकै कारण प्रहरीको कारबाहीमा पर्ने डरले पैसा दिएर प्रलोभनमा पार्ने प्रयास गरेको प्रहरीको भनाइ छ।

Next Post

देशभर अत्याधिक चिसो, हिमपातको सम्भावना

२० माघ २०७७, मंगलवार २१:१२
देशभर अत्याधिक चिसो भइरहेको छ। बुधबार देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ भने अन्य भू-भाग सामान्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेकोले केही दिनयता तराईका अधिकांश भू-भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। बुधबार […]