जुम्लामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर

  ।   २ फाल्गुन २०७७, आईतवार १५:०५

जुम्लाको तिला गाउँपालिकामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सुञ्चालन भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर चलेको हो ।
गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले ६५ बर्षिय ददिमल रावत र ६० बर्षिया हैता रावतलाई शक्तिवद्र्धक चौवानप्रास दिएर शिविर सञ्चालन भएको थियो । पिछडिएका नागरिकका लागि यो शिविर निकै उपलब्धिपुर्ण भएका बताउँदै उपाध्यक्ष बुढाले लामो समयदेखि रोग पालेर बसेका जनताको लागि राहत मिलेको बताइन ।
उनले भनिन्,‘ यो क्षेत्र निकै दुर्गम भएकोले स्वास्थ्यमा पहुँच पुग्न सकेको थिएन । अतिविपन्न नागरिकका लागि स्वास्थ्य सेवा लिन सदरमु्काम खलंगा सम्म पुग्न पनि कठिन छ । यो वेला गाउँमै निशुल्क आयुर्वेद स्वास्थ्य शिविर बसेपछि निकै राम्रो सहयोग मिलेको छ । ’यो शिविर जुम्लाको तिला गाउँपालिकामा मात्र चलेको हो ।

यहाँ तातोपानी, हिमा र गुठिचौर सम्मका बिरामी स्वास्थ्य जाँच गर्न पुगेका थिए । तिला गाउँपालिकाका स्वास्थ्यकर्मी उत्तम देवकोटाले शिविरमा उत्साहपुर्वक स्वास्थ्य जाँच गराउन स्थानीय सहभागी भएको बताए । उनले भने,‘यो शिविर जिल्लाको अर्को स्थानीय तहमा सञ्चालन गर्न सकिने अवस्था रहन्थ्यो । तर भौगोलिक विकटता देखि स्वास्थ्य सेवाको पहुँचका आधारमा यहाँ राखिएको हो ।’
यहाँका नागरिक एक बर्षमा एक पटक पनि स्वास्थ्य जाँच गराउन कठिन छ ।

तर यो पटक गाउँमै स्वास्थ्य सेवा पाए । यो निशुल्क शिविरले निकै राहत मिल्यो । स्वास्थ्य सेवा निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख पुष्पा आचार्यले प्राय सबै रोगको जाँच गरिएको बताइन । उनका अनुसार शिविरमा सबै प्रकारका रोगका बिरामीको उत्साहपुर्वक सहभागता रह्यो ।
उनले भनिन,‘शिविरले स्वास्थ्य अवस्थाको पहिचान हुनुका साथै शक्तिवद्र्धक आयुर्वेदिक औषधि समेत बिरामीलाई उपलब्ध भयो । बालबालिका देखि बृद्धबृद्धा सम्मले स्वास्थ्य सेवा लिए । यो राम्रो पक्ष हो ।’
शिविरमा एक हजार जनाको उपचार गर्ने लक्ष रहेको थियो । शाखा प्रमुख आचार्यका अनुसार शिविरमा ग्याष्ट्रिक,अल्सर,सुगर, हाडजोर्नी तथा नसा, छाला रोग,स्त्रीरोग,वाथ, खाना नपच्ने,खोकी लाग्ने र स्वासप्रश्वास सम्बन्धि रोगको उपचार भएको थियो ।

Next Post

खुला प्रेमपत्र

२ फाल्गुन २०७७, आईतवार १५:०५
प्रिय अजनवी, मनभित्रबाट कर्णालीको छालसरी उर्लेर आएका जीवन भोगाइका अनुभूतिहरुलाई कोसीको बेगसरह तीव्र रुपमा व्यक्त गर्नसक्ने कलात्मक सीप मसँग छैन। थाहा छैन मैले सोचेअनुसार, मेरो मनले चाहेअनुसार तिम्रो मन छुनेगरी पत्रलाई पूर्णाता दिन सक्छु या सक्दिनँ। तैपनि झिनो प्रयास भने गरिरहेको छु। तर कुनै साहसिक पर्यटकको रोमाञ्चक पदयात्राको आख्यानझैं पत्रको […]