महिलका काँध,आयआर्जनमा साथ

  ।   २४ पुष २०७७, शुक्रबार १२:५५

जुम्ला रारा गाउँकी सुरी बस्नेतले एक बोका र बाख्रोबाट बाख्रापालन थालिन । उनी संग हाल ६ बाख्रा छन । घरायसी समस्या समाधानको लागि दुई बाख्रा बेचिन । बाख्रा पालन गरेपछि घरमा आम्दानीको स्रोत बढेको सुरी बताउँछिन् । उनी गाउँकी निकै विपन्न परिवारकी महिला हुन । आयआर्जनका कुनै पनि क्रियाकलाप नहुदा निकै समस्यामा थिईन । उनका पति लुगाफाटो फेर्न कालापहाड जान्थे । अहिले बाख्री गुवालो भएर परिवार संगै बस्छन ।
गाउँमा महिलाले फुलबारी समूह गठन गरेकी छन । त्यो समुहको काम गरिव विपन्न महिलालाई आयआर्जनमा साथ दिनु हो । गरिव विपन्नताको आधारमा स्थानीय सरकार र सामाजिक संघ संस्था संग उनीहरू पेशा व्यवसाय गर्नको लागि प्रस्ताव पेस गर्छिन । सोही बमोजिम सुरीले बाख्रा पालन पाईन ।सर्बाेदय नेपालले बाख्रा दियो । अहिले आम्दानीको भरोसा गर्न लायक स्रोत बनेको छ । गत मंसिर महिनामा दुई वटा बाख्रा लिए । अहिले ६ वटा भएका छन । दुई वटा विक्री भए । नुन तेल किन्न सहज छ । सुरीले भनिन्,झ बाख्रापालनले परिवारमा शान्ति मिलेको छ ।
व्यावसायिक बाख्रा पालनमा उत्साह मिलेको छ । सुरीको छ जनाको परिवार छ ।केटाकेटी पढाउन पनि बाख्रा पालनले हौसला मिलेको छ ।ञ गाउँमा महिला महिलाको दुई पटक बैठक बस्छन् । कार्ययोजना बनाउछिन । अनि कार्यन्वयन तिर अग्रसर हुन्छिन् ।प्रत्येक महिना २० रूपैयाँ बचत गर्छिन । साना तिना गाउँका समस्य आफै हल गर्छिन ।पुरूषको भरोसा गर्नु पर्ने अवस्था छैन । तिला १ रारा गाउँकै बुदि रावतको पाठ्यघरमा समस्या देखा पर्याे । उनी आर्थिक हिसाबले निकै कमजोर महिला हुन ।
उनी उपचारको लागि नेपालगन्ज देखि भारतको बहराइन सम्म पुगिन । चिकित्सकले रोग पत्ता लगाउन नसक्दा बिराम निको हुने भएन । न घरमा आर्थिक रह्यो नत उपचार गर्दा निको नै भयो । बुदि मर्ने बाँच्ने दोसाँधमा पुगिन । अन्तिममा महिला समुहले उपचार सहयागका लागि हारगुहार गर्याे । सर्बाेदयमा सिफारिस पठायो । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पतलमा अप्रेसन भयो । समस्या पाठ्यघरको भन्दा पनि पिसाब थैली खसेको रहेछ । अप्रेसन निशुल्क भयो । अन्य उपचारको खर्च सर्बाेदय नेपालले बेहोर्याे । अहिले बुदिको स्वास्थ अवस्था सामान्य छ ।
नेपालगन्ज बहराईन पुगे । रोग पत्ता लागेन । पिसाव थैली खसेको थियो । डेढ लाख रूपैयाँ खर्च भयो । पहिलो बच्चा हुदा पाठ्घरमा समस्या देखिएको थियो । पन्ध्र बर्ष बढि बिरामी भए । बुदिले भनिन,‘भारी बोक्न सबै सकिन्छ । बाच्ने आशा थिएन अहिले तीन वटा बच्चा छन । अब त बाँच्ने आशा पलाएको छ । अहिले यहाँका घरघरमा ग्रिन हाउस बनेका छन । बाख्रा पालन गरिएका छन । ’आफ्नो स्वास्थ्यको आफै सुरक्षा गर्न थालेका छन । फुलबारी समुहकी अध्यक्ष मुनि बस्नेत गाउँमा हुुने हरेक क्रियाकलापमा महिला सहभागि हुने गरेको बताउँछिन् । अहिले गाउँमा नेतृत्व लिन थालेका छौँ,उनले भनिन्,‘पुरुषले पनि राम्रो साथ दिन थालेका छन् । ’
समाजमा जरा गाडेर बसेका छाउपडी प्रथा, बालविवाह, बहुविवाह लगायतका विकृति जन्य क्रियाकलाप कम गर्नको लागि कम्मर कसेर लागेको उनी बताउँछिन् । गाउँमा ग्रिन हाउसमा तरकारी उत्पादन गर्ने देखि गाउँको सरसफाई आफै गर्छन् । तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटा दुर्गम क्षेत्रको विकासमा महिलाको भुमिका प्रसंसनीय रहेको बताउँछन् । उनले भने,‘एकताले समृद्धि ल्याउछ । विखण्डनले क्षति पुर्याउँछ । ’
गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले सुख्खा खानेकुराको प्रयोग नगर्ने, चिसो समयमा झोलजन्य खानेकुरा खाने विषयमा पनि गाउँका महिला समुह चनाखो बन्नु पर्नेमा जोड दिइन । उनले गाउँमा छाउगोठ मुुक्त अभियानलाई साकार बनाउनको लागि पहिलो चरणमा गोठ देखि घर सम्म जाने वातावरण सिर्जना गर्नुपर्ने बताइन । कुनै पनि निकायले सीप दिन सक्ने भन्दै उनले भनिन्,‘सीपको कार्यन्वयन त्यहाँका महिला समुहले गर्नु पर्ने बताइन । ’अहिले दुर्गम क्षेत्रका महिलाको आयआर्जनमा टेवा पुर्याउनका लागि स्थानीय सरकार र सर्बोदय नेपालले सहकार्य गरिाखेका छन ।
सर्बोदय नेपालका प्रमुख कमल खत्रीले गाउँमा महिला जागरण निकै उदाहरणीय रहेको बताए । उनले भने,‘आयआर्जनका क्रियाकलापमा सहभागि हुदा अब्बल बन्दै गइरहेका छन् ।’

Next Post

सौर्य उर्जाबाट लिफ्ट सिचाइँ

२४ पुष २०७७, शुक्रबार १२:५५
जुम्लाको हिमा गाउँपालिका ३ मोप्लाका परिमल रोकायाले सिचाइँ सुविधा नहुँदा खेतमा धान रोप्न छाडेको तीन दसक वित्यो । २०५२ सालदेखि उनले खेतमा धान रोपेका छैनन् । आकाशे पानीको भरमा अन्य बालीनालीको खेतिगरिरहेका छन् । सिचाइँ नहुँदा न अन्नपात राम्रो सित उत्पादन गर्न पायौँ,नत खेति नै छोड्न सक्यौँ, परिमलले दुखेसो पोखे,‘गाउँ […]