सर्वोच्चको फैसला स्वीकार्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउने ओली समूहको निर्णय

  ।   १२ फाल्गुन २०७७, बुधबार १७:३३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले तोकेको समयभित्र प्रतिनिधि सभाको बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको ओली समूहको स्थायी कमिटी बैठकले संसद विघटनको मुद्दामा सर्वोच्चले गरेको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

पदबाट राजीनामाका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राजनीतिक दलसँग छलफल गरेर निर्णय लिने उनको भनाई छ।

ओली समूहको स्याथी कमिटीको अर्को बैठक भोलि बस्नेछ।

सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियाे।

Next Post

सुमधुर बन्दै नागरिक–सैनिक सम्बन्ध

१२ फाल्गुन २०७७, बुधबार १७:३३
जुम्ला चन्दननाथ नगरपालिका २ मा रहेको कर्णाली माध्यमिक विद्यालय अनामनगरमा सेनाले दुइकोठे भन बनाइदियो। भवनसँगै बास्केटबल कोर्ट, नमुना शौचालय र पुस्तकालयसहितको संरचना बन्यो। दुइकोठे भवन निर्माण हुँदा विद्यार्थीले निर्धक्कका साथ पढ्न पाएका छन्। व्यवस्थित शौचालयमा शौच गर्न पाएका छन्। विद्यालयको आगनमै बास्केटबल खेल्छन्। पुस्तकालयमा सहजै रुपमा पुस्तक अध्ययन गर्न पाउँछन्। […]